• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

३६ दिनदेखि बिरामी बन्धक बनाउने न्यूरो अस्पताल दर्ता नै नभएको खुलासा

  •   सोमबार, चैत २७, २०७९ मा प्रकाशित

डिस्चार्ज भएको ३६ दिनसम्म बिरामी बन्धक रहेको जनकपुरधामस्थित न्यूरो अस्पताल दर्ताबिना नै सञ्चालन भइरहेको खुलेको छ । २०७८ फागुन दोस्रो सातादेखि सञ्चालन भएको अस्पतालले स्वास्थ्य सेवा विभागबाट अनुमति नै नलिएको पाइएको हो ।

Advertisement

जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि कम्पनी रजिष्टारको कार्यालयमा दर्ता छ र आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्बर लिएको छ ।

अस्तालले शेयरधनी डाक्टर विजय राउतले न्यूरो उपचारसम्बन्धी अस्पताल स्वास्थ्य सेवा विभागमा दर्ता रहेको दावी गरे । तर स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखा अनुसार यो अस्पताल हालसम्म दर्ता भएको छैन । अस्पताल अनुगमन तथा सुद्दढीकरण शाखा प्रमुख नरेन्द्र खनालका अनुसार अस्पतालले दर्ताका लागि निवेदन दिएको तर मापदण्ड नपुगेका कारण सुचीकृत हुन सकेको छैन ।

‘न्यूरो अस्पतालले दर्ताका लागि निवेदन दिएपछि हामीले दुई–तीन पटक अनुगमन समेत गर्‍यौं । तर, सरकारले तोकेबमोजिमको मापदण्ड भने पूरा भएको देखिएन’, खनालले अनलाइनखबरसँग भने, ‘हामीले मापदण्ड पूरा गरेर दर्ता प्रक्रियामा आउन सुझाव दिएका छौं ।’

उपचार खर्च तिर्न नसकेर न्यूरो अस्पतालमा बिरामी ३६ दिनदेखि बन्धक रहेको समाचार प्रकाशित भएपछि विभागले २४ घण्टाभित्रमा कसको मातहतमा रहेर सञ्चालन भएको छ भन्ने लिखित जवाफ समेत मागेको छ ।

अनुगमनको क्रममा फार्मेसी, आकस्मिक कक्ष लगायतका विभिन्न कुराहरु सरकारको मापदण्ड अनुसार नभएको अस्पताल अनुगमन तथा सुद्दढीकरण शाखाले जनाएको छ ।

सञ्चालकले प्रदेश सरकारको निकाय र पालिकामा दर्ता नगराएको स्वीकार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो । त्यहाँ कागजात माग्दा व्यवस्थापक प्रमुख सञ्जय मण्डलले कम्पनी दर्ताको मात्र प्रमाणपत्र उपलब्ध गराएका छन् । उनले अरु प्रमाणपत्र पछि उपलब्ध गराउने बताएका थिए ।

प्रशासकीय अधिकृत मिश्रले अस्पताल स्वास्थ्य सेवा विभागमा दर्ता भएको प्रमाणत्रसहित सञ्चालकलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको बताए । ‘भोलि दर्ता प्रमाणपत्रसहित प्रशासन कार्यालयमा हाजिर हुन सञ्चालकलाई भनेको छु । विभागबाट पनि दर्ता रहे नरहेको विषयमा पत्र लेखेर जानकारी माग्छौं’ उनले भने ।

यो अस्पताल डा. अजय राउत र इन्जिनियर विजय राउतले संयुक्त रुपमा सञ्चालन गरेका हुन् । यो अस्पतालले उपचारमा चर्को उपचार शुल्क लिने गरेको जनगुनासो छ । अस्पतालमा डिस्चार्ज पश्चात रहेकी मन्तोरिया देवीको विषयमा बुझ्न सबैला नगरपालिकाका मेयर कारीराम यादव समेत पुगेका थिए । उनले दुईदिन भित्र यहाँबाट मुक्त गराएर लग्ने मन्तोरिया देवीलाई आश्वासन दिएका छन् ।

‘भोलि नै यो विषयमा सबैलाको कार्यपालिका बैठक बसेर छलफल गर्छौ । उपचार खर्च तिरेर के कसरी पालिकाले गर्न सकिन्छ भनेर । हामी यो घटनालाई संवेदनशील रुपमा लिएका छौं’ मेयर यादवले भने ।

सबैला नगरपालिका– ३० की मन्तोरियालाई गत माघ १२ गते मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएपछि उनलाई प्रादेशिक असपताल जनकपुरमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएको भन्दै न्युरो हस्पिटलमा रेफर गरिदियो । उपचार पश्चात सामान्य भएपछि गत फागुन २० गते हस्पिटलले डिस्चार्ज गरेको थियो ।

तर उपचार र औषधि खर्च गरी झण्डै ९ लाख रुपैयाँ बाँकी रहेको भन्दै अस्पतालले उनलाई रोकेरै राखेको छ । सम्पत्तिको नाममा दुई धुर घडेरीमा छाप्रो मात्र रहेका मन्तोरिया तीन छोराछोरी र ससुरासहित हस्पिटलमै बसिरहेका छन् । ठक्कर दिने मोटरसाइकल चालक पुर्पक्षका लागि जेल चलान छन् । अहिलेसम्म ठक्कर दिने पक्षले उपचारमा कुनै सहयोग गरेको छैन ।

सोमबार, चैत २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.