चितवन -२ को मतगणना दिउँसो १ बजेबाट हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा आचारसंहिता पालना नगरेकाको अभिलेख निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पठाउने र आवश्यक सतर्कता अपनाएर अगाडि बढ्ने सहमति भएपछि दिउँसो १ बजेबाट मतगणना हुने भएको हो ।
Advertisement
”सर्वदलीय बैठक बसेर आवश्यक सहमति र तयारी गरेका छौँ अब १ बजेबाट गणना कार्य सुरु हुन्छ”, मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो । ”आवश्यक सहमति भएको छ अब गणना कार्यमा हामी जुट्ने छौँ,” नेपाली कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले बताउनुभयो ।