• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

रोजगारीको गन्तव्य खाडीबाट युरोपतिर मोडिँदै

  •   सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

विभिन्न पाँच श्रम गन्तव्य देशमा श्रम समझदारीका लागि सरकारले प्रक्रिया अघि बढाएको छ ।

Advertisement

साउदी अरेबिया, रोमानिया, जर्मनी, सेसल्स र माल्दिभ्ससँग श्रम समझदारीको प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले श्रम समझदारीको ड्राफ्ट तयार गरेर यी देशहरूलाई पठाइसकेको छ ।

‘यी देशहरूसँगै युरोपका अरू देशले पनि नेपालसँग श्रम समझदारी गरेर श्रमिक लैजान इच्छा राखेका छन्, पोर्चुगल पनि नेपालसँग श्रम समझदारी गर्न इच्छुक देखिएको छ’ श्रम सचिव अर्यालले भन्नुभयो ‘अब खाडीबाट बिस्तारै नेपालीको श्रम गन्तव्यलाई युरोपतिर मोड्न खोजिरहेका छौँ ।’

खाडीका देशको तुलनामा युरोपेली देशहरूमा कमाइ पनि बढी हुने हुँदा पछिल्लो समय नेपालीहरूको रोजाइको गन्तव्य युरोपतिर मोडिँदो छ । सरकारसँग श्रम समझदारी नभएकै कारण श्रमिकहरू लाखौँ रुपैयाँ एजेण्टलाई बुझाएर युरोपका विभिन्न देशमा पुगिरहेका छन् ।

श्रम सचिव अर्यालका अनुसार मरिससबाट केही मात्रामा कामको मागहरू आइरहेको छ । तर युरोपका अन्य देशबाट सरकारसँग श्रम समझदारी नभए पनि कामको माग बढ्दो छ र जानेहरूको सङ्ख्या पनि बढिरहेको छ ।

यसअघि युरोपेली देश मरिसससँग नेपालले श्रम समझदारी गरिसकेको छ । बेलायतसँग पनि नेपालका स्वास्थ्यकर्मीलाई बेलायती नागरिक सरह सेवा सुविधा पाउने गरी त्यहाँको स्वास्थ्य क्षेत्रमा रोजगारी उपलब्ध गराउने गरी श्रम समझदारी भइसकेको छ ।

यस्तै नेपालले सन् २००५ मै खाडीको देश कतारसँग श्रम सम्झौता गरेको छ भने दक्षिण कोरियासँग २०६६ मा श्रम सम्झौता गरेको छ । यस्तै बहराइनसँग सन् २०८८ मा, जोर्डनसँग सन् २०१७ मा सरकारले श्रम सम्झौता गरेको छ भने मलेसियासँग सन् २०१८ मा, जापानसँग सन् २०१९ मा, यूएईसँग पनि सन् २०१९ मा र इजरायलसँग सन् २०२० मा नेपालले श्रम सम्झौता गरेको छ ।

अहिले श्रम सम्झौता अनुसार इजरायल र दक्षिण कोरियामा जी टु जी अर्थात् सरकारी प्रक्रियामार्फत नै श्रमिकहरू रोजगारीका लागि गइरहेको छन् ।

सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.