सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-तानसेन सडक खण्ड रातको समयमा मात्रै बन्द हुने भएको छ । यसअघि गएको चैत २१ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो ।
Advertisement
सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्नका लागि दिउँसो र राति गरी ९ घण्टा सडक बन्द हुँदै आएको थियो । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार सुरुङमार्ग निर्माणको पूर्व तयारी सकिएकाले दिउँसोको समयमा गाडी चलाउन थालेको जानकारी दिनुभयो।