• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

गर्मी बढेसँगै सर्पदंशका घटना बढ्ने जोखिम

  •   शनिबार, जेठ २७, २०८० मा प्रकाशित

गर्मी बढेसँगै सर्पदंशका घटना बढ्ने जोखिम देखिएको छ । गर्मी र बर्खामा सर्प जमिनमूनीबाट बाहिर निस्कन्छन् । नेपालमा वर्षमा झण्डै ३० जनाले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।

Advertisement

कतिपय अवस्थामा उचित उपचार नहुँदा शारीरिक अपाङ्गता पनि बेहोर्नुपर्छ । नेपालका २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिएको छ । सर्पले टोकेपछि बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र ज्यानै समेत जाने गरेको छ । जुनोटिक तथा सरुवा रोग नियन्त्रण शाखाका अनुसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइन्छन् र तीमध्ये २० प्रजाति विषालु मानिन्छ ।

सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले टोकेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा र्पुयाए बिरामीको ज्यान जोगिने भेरी अस्पतालका डा. कृष्ण आचार्यले बताउनुभयो । सर्पले टोकेमा सरकारी अस्पतालमा एन्टिस्नेक भेनम निःशुल्क भएपनि भेन्टिलेटर र अरु उपचारका साथै औषधि महँगो पर्ने भएकाले विपन्न व्यक्ति धेरै मारमा पर्ने गरेका छन् । स्वास्थ्य मन्त्रालयका डाक्टर समिरकुमार अधिकारीका अनुसार सर्पको टोकाईबाट किसान बढी जोखिममा छन् । किसानपछि बालबालिका सर्पको टोकाइमा पर्ने गरेका छन् ।

उहाँका अनुसार विषालु सर्पले टोकेमा स्वादमा भिन्नता हुने, बान्ता हुने, आँखाको परेला उठाउन गाह्रो हुने, स्वरमा परिवर्तन आउने, नाडी छिटो चल्ने, श्वास फेर्न समस्या हुनेलगायतका लक्षण देखिन्छ । यस्तो अवस्थामा बिरामीलाई सबै भन्दा पहिले शान्त पार्ने, शरीरमा कसिएको लुगा वा अरु वस्तु भए हटाउने, टोकेको ठाउँ वरीपरि प्रेसर ब्यान्डेज लगाउनु पर्छ । प्राथमिक उपचारपछि बिरामीलाई छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्र वा अस्पतालमा पुर्याउन डाक्टरको सुझाव छ ।

सर्पले टोकेको घाउलाई नचलाउन, रबर वा डोरीले कडा रुपमा नबाध्न, टोकेको ठाउँमा कुनै चिजले नकाट्न, नचुस्न, कुनै मलम वा रासायनिक कुरा नदल्न तथा धामीझाँक्रीको भर नपर्न पनि डाक्टरको सल्लाह छ । सर्पको टोकाइबाट जोगिन सुत्दा झुल लगाउन, सकेसम्म खाटमा सुत्न, रातमा बाहिर हिड्दा टर्च बालेर हिँड्न, घर वरपर भएका प्वाल पुर्न पनि विपद् व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । त्यस्तै खेतीबालीको काम गर्दा वा घरबाहिर निस्कदा खुट्टा पुरा ढाक्ने बुट, हातमा पञ्जा लगाउँदा पनि सर्पको टोकाईबाट जोगिन सकिने प्राधिकरणले जनाएको छ ।

शनिबार, जेठ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.