अनशनका लागि अदालत पुगेका चलाउने पक्राउ
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले काठमाण्डाै जिल्ला अदालतबाट पक्राउ गरेको छ ।
Advertisement
चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने आज आमरण अनशनका गर्ने भन्दै जिल्ला अदालत काठमाण्डौ जानुभएको थियो ।
समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसङ्घका हरि आचार्य, योगेन्द्र रावलसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा मुद्दा थियो । यो मुद्दा सरकारले फिर्ता लिएको छ ।