• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड

  •   आइतबार, असार १०, २०८० मा प्रकाशित

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार बजेट प्रस्तुत गरेको छ । महानगरको १३औँ नगरसभामा नगर उपप्रमुख चित्रसेन अधिकारीले सो रकम बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

Advertisement
भरतपुर महानगरको आन्तरिक आयतर्फ रु एक अर्ब ७५ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरबाट रु एक अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त रु ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट रु ५० करोड, बैैंक मौजाद रु एक अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट रु तीन करोड रहने प्रक्षेपण गरिएको छ । अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु एक अर्ब १० करोड रहने प्रक्षेपण गरिएको अधिकारीले नगरसभामा जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न एकमुष्ट रु एक अर्ब ६५ करोड बजेट विनियोजन गरिएको छ ।

हरेक वडाको समानुपातिक विकासका निम्ति सम्बन्धित वडास्तरबाट नै कार्यक्रम कार्यान्वयन हुने व्यवस्था मिलाइने छ । यसरी कार्यान्वय हुने योजनाहरुका लागि प्रत्येक वडाका लागि रु दुई करोड ७५ लाखको दरले जम्ममा रु ७९ करोड ७५ लाख प्रस्ताव गरिएको छ । महानगरपालिकाका ठूला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माणका लागि समपूरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउन रु १० करोड, महानगरभित्र स्मार्ट सार्वजनिक शौचालयहरू निर्माण, फाउन्डेसन सहितको मेसजाली निर्माण, हरियाली सहितको नमूना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, ओभरहेड ब्रिज निर्माण, परियोजना बैैंक निर्माण लगायतका सहरी सौन्र्दय र भू–उपयोग तथा बस्ती विकाससम्बन्धी नीति कार्यान्वयन गर्न एकमुष्ट रु १६ करोड विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा स्रोत सुनिश्चितता गरी ठेक्का लगाइएका योजनाहरुका लागि रु १२ करोड बजेट विनियोजन गरिएको नगरसभामा जानकारी गराइएको छ । 

नक्सा प्रणालीलाई व्यवस्थित गर्नका लागि बजेटको व्यवस्था गरिएको छ । कृषि क्षेत्रको आधुनिकीकरण तथा वैज्ञानिकीकरणका लागि कृषिमा यान्त्रिकीकरण कार्यक्रमलाई निरन्तरता, कृषकहरूको क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरणका तालिमहरु सञ्चालन, कृषकहरूलाई अनुदानमा कृषियन्त्र उपकरण उपलब्ध गराउने, खाद्यान्न बीउ उत्पादन गर्ने, कृषकलाई उत्पादन परिमाणका आधारमा अनुदान दिने लगायतका कृषिसम्बन्धी नीति कार्यान्वयन गर्नका लागि रु सात करोड विनियोजन गरिएको छ । बालबालिका ज्येष्ठ नागरिक तथा लक्षित महिला समूहका लागि विशेष स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि रु चार करोड विनियोजन गरिएको छ । 

चालु आर्थिक वर्षमा भरतपुर महानगरपालिकाले रु ६ अर्ब २१ करोड १९ लाख ७४ हजार बजेट विनियोजन गरेको थियो । अनुमानित आयमा २०८० जेठ मसान्तसम्म महानगरले आन्तरिक आम्दानी रु ९७ करोड ५८ अर्थात् ६६ प्रतिशत आम्दानी गरेको सभालाई जानकारी गराइएको थियो । व्ययतर्फ चालु शीर्षकमा रु दुई अर्ब ६६ करोड १० लाख १९ हजार विनियोजन भएकामा २०८० जेठ मसान्तसम्म रु एक अर्ब ७५ करोड ५८ लाख ८८ हजार अर्थात् ६५ प्रतिशत र पूँजीगततर्फ रु तीन अर्ब ५५ करोड नौ लाख ५५ हजार विनियोजन भएकामा रु एक अर्ब २१ करोड ९१ लाख ६९ हजार अर्थात् ३५ प्रतिशत खर्च भएको छ । कूल खर्च रु दुई अर्ब ९८ करोड पाँच लाख अर्थात् ४८ प्रतिशत भएको अवस्था रहेको सभामा जानकारी दिइएको थियो । गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अधुरो कार्य पूरा गर्नका लागि सङ्घीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी र सहर्काय गर्न रु तीन करोड विनियोजन गरिएको छ ।

यसअघि प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यसैगरी, विनियोजन ऐन, न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन पेस गरिएको छ । कार्यपालिका सदस्यहरुले सोमबारसम्म अध्ययन गरेर मङ्गलबार पुनः छलफल गरी पारित गरिने नगरपालिकाले जनाएको छ । 

रासस

आइतबार, असार १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.