• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

सरकारले भरतपुर रङ्गशाला आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने

  •   आइतबार, असार १०, २०८० मा प्रकाशित

युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालालाई सरकारले आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने बताउनुभएको छ ।

Advertisement
प्रतिनिधिसभाको आज बसेको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ बजेट विनियोजन विषयक छलफलमा मन्त्री लिम्बूले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण प्रक्रियाका अगाडि बढाएको निमार्णाधीन रङ्गशाला सरकारले स्वामित्व ग्रहण गर्ने र थप बजेट विनियोजन गरी निर्माण कार्य अगाडि बढाउने बताउनुभयो । उहाँले विद्यालयमा अध्ययरत बालबालिकाका लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरेको बताउनुभयो ।  

त्यसैगरी उहाँले चीनको होङझाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताको तयारीका लागि विभिन्न खेलका दुई सय ३३ जना खेलाडीलाई बन्दसत्रमा राखेर प्रशिक्षण गराइरहेको बताउनुभयो । एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाउँदैछ । 

खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता भएका एक सय वटा खेल सङ्घलाई खेलकुद प्रतियोगिता आयोजना गर्न रु दुई लाख ५० हजार अनुदान दिने गरी बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । 

यसैगरी, देशका लागि पसिना बगाउने खेलाडीको वृत्ति विकास र प्रोत्साहन भत्ताका लागि के कति रकम बढाउन सकिन्छ त्यस विषयमा छलफल गरिने मन्त्री लिम्बूले उल्लेख गर्नुभयो । उहाँले खेलकुद प्रतियोगिता आयोजनाका हिसाबले सातै प्रदेशमा समान बजेट विनियोजन गर्न नसकेको स्पष्ट पार्दै कर्णाली प्रदेशमा आयोजना गरिने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।  

उहाँले सभासद्हरूले पब्जी ई खेललाई समावेश गरिनुपर्ने मागलाई सम्बोधन गर्दै पब्जी खेलका लागि के कस्तो नीति बनाउन सकिन्छ त्यसका लागि विशेष छलफल गरिने बताउनुभयो । मन्त्री लिम्बूले खेलाडीको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटक खेलाडीका लागि बीमाको व्यवस्था गरेको बताउनुभयो । उहाँले कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइटको निर्माण कार्य आगाडि बढिसकेको भन्दै विभिन्न ठाउँमा रहेका निर्माणाधीन पूर्वाधारको विकासमा अघि बढ्ने बताउनुुभयो ।

उहाँले कपिलवतु र प्यूठान जिल्लामा खेलकुद मन्त्रालयका तर्फबाट बजेट विनियोजन गर्न नसकेकामा क्षमा माग्दै आगामी दिनमा यसलाई पुनः विचार गर्ने बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई रु दुई अर्ब ८७ करोड ५९ लाख रकम विनियोजन गरेको छ । 

रासस

आइतबार, असार १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.