• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

सरकार बनाउने र ढाल्ने खेलमा कुनै रूचि छैनः रवि लामिछाने

  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानले सरकार बनाउने र ढाल्ने खेलमा आफूहरू नरहेको र त्यस्ता गठबन्धनमा सामेल हुने कुनै रूचि नरहेको बताएका छन्।

मंगलबार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीको समग्र ध्यान संगठन निर्माण र मुलुकको समस्याहरूको उठानमा केन्द्रित रहेको बताएका छन्।

‘हामी सरकार फेरबदलको पक्षमा छैनौं। हामी गठबन्धनहरूमा छैनौं। हामी अहिले सरकार बनाउने ढाल्ने क्रियाकलापहरूमा हामी छैंनौं। हामी त्यसमा सहभागी छैनौं। हामीलाई त्यसमा इन्ट्रेस्ट छैन। हामी अहिले संगठन निर्माणमा छौं,’ उनले भने।

मुलुक आर्थिक संकटमा रहेको पनि उनले बताए। त्यसको सम्बोधन गर्न सरकारले ठोस योजना ल्याउन नसकेको पनि बताए।

सरकारले आम नागरिक, उद्योगी, व्यवसायीलाई राहत हुनेगरी कुनै निर्णय नगरे आफूहरूले ठोस निर्णय लिने पनि बताए।

‘आज पनि नागरिकहरू लघुवित्तको पासोमा छन्। सहकारीपीडितको समस्या उस्तै छन्। दर्दनाक अवस्थामा रहेका उनीहरूको सम्बोधन हुन सकेको छैन। क्लोजिङको बेला छ कति व्यवसायीहरूले कसरी तिर्न सक्नुहुन्छ? उहाँहरूको सम्बोधनमा केही ल्याएको छैन,’ उनले भने, ‘सरकारले घोषणा पो नगरेको त! हामी आर्थिक मन्दीको चरणमा छौं। तर, सबै ठीकठाकै, निरन्तरकै जस्तो गरेर सरकारले बजेट ल्याएको छ।’

पार्टीका सांसदहरूले बुँदागत छलफलमा एकएक कुरा उठाएको, तथ्यमा आधारित भएर कुरा उठाएको पनि उनले बताए।

‘लक्ष्यअनुरूप राजस्व परिचालन हुन सकेको छैन। अस्थिरता नहोस् भन्ने एउटा चाहना हो। तर, अस्थिरता नहोस चाहनामा जनताप्रतिउत्तरदायी नहुने, व्यवसायप्रति उत्तरदायी नहुने! ठूलाठूला उद्योगपति देखि लिएर सानासाना व्यवसाय गर्नेसम्म कसको पक्षमा आयो त बजेट? को खुसी भयो त? त्यसकारण अत्यन्त गलत छ। कुनै न कुनै माध्यमबाट सम्बोधन गर्नुपर्छ। अहिलेको समस्याको सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘काहीँ,काहीँ न गएर आर्थिक जगतमा भएको सम्पूर्ण समस्या सम्बोन गर्नुपर्छ। हामी केही समय हेर्छौं। कुनै न कुनै ठोस निर्णयचाहिँ लिनुपर्छ।’

मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.