• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चीनले जुलाइदेखि नयाँ विदेश नीति लागु गर्‍यो

  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित

Advertisement

चीनले जुलाइदेखि नयाँ विदेश नीति लागु गरेको छ । पश्चिमाको एकपक्षीय प्रतिबन्धविरूद्ध जुध्न तथा नयाँ सामरिक चुनौती सामानाका लागि भन्दै चीनले संसदबाट नयाँ विदेश नीति पारित गरेको हो ।

चीनका उच्च तहका कुटनीतिज्ञ वाङ यीले नयाँ विदेश नीतिबारे भनेका छन्, ‘यो विदेश नीति पार्टीको नेतृत्व र समितिलाई विदेश मामिलामा सुदृढ बनाउने महत्वपूर्ण दस्तावेज हो ।’

चीनको संसद नेशनल पिपल्स अफ कंग्रेसले डिसेम्बर २०२२ मा नयाँ विदेश नीतिको मस्यौदा तयार गरेको थियो । उक्त मस्यौदामाथि विधायिकी मामिला आयोग, चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटी, पार्टीको सल्लाहकार कमिटी र विज्ञमाझ छलफल गराएर पारित गरिएको हो ।

नयाँ विदेश नीतिका ६ भाग रहेका छन् । ग्लोबल टाइम्सका अनुसार पहिलोमा चिनियाँ विदेश नीतिको आधारभूत सिद्धान्त छ । दोस्रोमा कुटनीतिक सम्बन्धका लागि विशेष प्रावधानहरू समावेश छन् । तेस्रो भागमा कुटनीतिक सम्बन्ध विकासका उद्देश्य र कार्यहरू समावेश छन् । चौथो भागमा विदेश नीति सम्बन्धमा कानुनी प्रावधान छन् । पाचौँमा वैदेशिक सम्बन्ध विस्तारमा क्षमता विस्तारको प्रावधान छ । छैठौँमा निष्कर्ष खण्ड रहेको छ ।

चिनियाँ नीतिका जानकारहरूका अनुसार यो नीतिमार्फत चीनले विदेश मामिला व्यवस्थापनको अन्तर्राष्ट्रिय विषय समेटेर राष्ट्रिय कानुन पनि संशोधन गरेको छ । यो नीतिमा विश्व व्यवस्थामा आएका नयाँ बहस र पहललाई पनि समावेश गरिएको छ भने चीनले यही नीतिमार्फत मुलुक र जनताको रक्षाको क्षमता विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको विज्ञहरूको मत छ ।

गत अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा नयाँ परिस्थितिमा नयाँ विदेश नीतिको आवश्यकताबारे बहस भएको थियो । विद्यमान विदेश नीतिमा केही कमजोरी रहेको र चीनमाथि बाह्य घेराबन्दी बढेकाले त्यसलाई चिर्न नयाँ नीति अघि सारेको प्राध्यापक ह्यु जेन्झिङ बताउँछन् । ‘हालैका वर्षमा बदलिँदो विश्व व्यवस्थामा चीनले नयाँ चुनौतीको सामना गरिरहेको छ । विद्यमान विदेश नीतिमा केही कमजोरी विस्तारै पटाक्षेप भएसँगै चीनले नयाँ विदेश नीति बनाएको हो’, उनले भने ।

चीनको आन्तरिक मामिलामा पश्चिमाहरूको हस्तक्षेप बढ्न थालेकाले पनि त्यसको सामनाका लागि नयाँ नीति अघि सारेको ह्युको भनाइ छ । ‘चीनको आन्तरिक मामिलामा पश्चिमा हस्तक्षेप बढिरहेको समयमा त्यसलाई चिर्नका निम्ति चीनसँग प्रभावकारी संयन्त्र नभएको अवस्थामा उसले नयाँ नीति ल्याएको हो’, उनले भने ।

यस्तै चीनको राष्ट्रिय स्वाधीनताको रक्षा, सामरिक तथा विकासका स्वार्थको रक्षाका लागि पनि कानुन नभएकाले चीनले यसको आवश्यकता महसुस गरेको विज्ञहरूको भनाइ छ । यस्तै पश्चिमाहरूले विभिन्न प्रतिबन्ध लगाउँदा पनि अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै समाधान नभएपछि चीनले आफ्नो घरेलु नीतिनै सुधार गरेको विज्ञहरूको बुझाइ छ । विदेश नीतिको प्रस्तावनाले पनि चिनियाँ स्वार्थ र चासोको रक्षाका निम्ति नीति बनाइएको उल्लेख छ ।

जसमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्त र विदेश सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यताको पालना गर्ने आधारमा, मुलुकले विदेश मामिलाका क्षेत्रमा कानुन र नियम कार्यान्वयन तथा प्रयोगलाई सबल बनाउनेछ । चीनको सार्वभौमसत्ता, सुरक्षा र विकाससम्बन्धी हितको रक्षाका साथै चिनियाँ नागरिक र संस्थाहरूको वैध अधिकार तथा हितको रक्षाका खातिर यस नीतिको कार्यान्वयन हुनेछ ।’

अन्तर्राष्ट्रिय कानुन मिचेर चीनको सार्वभौमसत्ता तथा सुरक्षामा चुनौती कसैले दिएमा नयाँ नीति अनुसार चीनले जवाफी कारबाही गर्ने उल्लेख छ । ‘चीनले पहिलोपटक विदेश नीतिमा चिनियाँ कानुनको प्रयोग र उद्देश्यबारे जानकारी दिएको छ । यो नीतिले विदेशी मुलुक वा संस्थाहरूप्रति प्रतिबन्ध वा प्रतिबन्धात्मक उपायका सिद्धान्त तय गरेको छ’, प्राध्यापक ह्वाङ हुकाङले भने ।

यो नीतिले बाह्य क्षेत्रमा पनि चिनियाँ कानुन पालनाका लागि आधारभूत कानुनी प्रणालीको संयन्त्रको विकास गर्न खोजेको हुकाङले बताए ।

विदेश मामिलामा बाह्य क्षेत्रमा घरेलु कानुनको अंश लागु हुनुलाई महत्वपूर्ण मानिन्छ । चीनको यस नीतिले विश्वव्यापी साझेदारीको प्रवर्द्धन र शक्तिराष्ट्रबीच सहकार्य र सकारात्मक सम्बन्ध स्थापनाको लक्ष्य राखेको छ ।

वर्तमान अवस्थामा अन्य मुलुकमाथि विविध विषयमा धेरै प्रतिबन्ध लगाउने राष्ट्र अमेरिका हो । सन् २०२१ यताको अमेरिकी तथ्यांक हेर्दा प्रतिबन्धको संख्या ९ हजार ४०० माथि छ । चीनमाथि पनि उसले विभिन्न विषयमा प्रतिबन्ध लगाएको छ । वर्तमान नीति सम्भावित प्रतिबन्ध तथा हस्तक्षेप चिर्दै चीनमाथि देखापर्ने चुनौती सामनाका लागि भएको चिनियाँ सरकारको जिकिर छ ।

चीनको नयाँ विदेश नीतिले विश्वव्यापी रूपमा चिनियाँ स्वार्थको प्रवर्द्धन र चीनको चुनौती सामनाका लागि राष्ट्रपति सीलाई अथाह शक्ति दिएको मतहरु पनि आएका छन् ।

नयाँ नीतिले चीनमाथि चुनौती थप्नेको प्रतिवाद गर्ने उल्लेख छ, यद्यपि कस्तो अवस्थामा प्रतिवाद हुने भन्ने विषय स्पस्ट नरहेको विज्ञहरू बताउँछन् । कानुन तथा राजनीति शास्त्रका अमेरिकी प्राध्यापक ज्याकुज डेलेसी भन्छन्, ‘नयाँ विदेश नीतिमा धेरै बयानबाजी मात्रै छ । तर यसले अमेरिकाविरूद्ध बलियो र दृढ नीति अघि सारेको छ।’

यस्तै चीन मामिलाका जानकार चोङ झायिङ बेइजिङले नयाँ विदेश नीतिमार्फत दबाबलाई कायम राखेको बताउँछन् । ‘आफ्नो स्वार्थको रक्षाका निम्ति बेइजिङले सहकार्य र आर्थिक लाभका सवालमात्रै होइन अब दबाबको नीति पनि अघि सार्ने भएको छ’, उनले भने ।

मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.