चितवन : जिल्ला क्रिकेट संघको अध्यक्षमा सुदिप पिया निर्वाचित भएका छन् । संघको मंगलवार भएको तेस्रो अधिवेशनले १५ सदस्यीय समिति चयन भएको हो । निर्वाचनबाट नेतृत्व चयन भएको हो ।
अध्यक्षमा सुदिप पिया र मनिष सापकोटा प्यानल बनाएर निर्वाचन लडेका थिए । समितिममा पियाको समूहबाट चौध जना निर्वाचित भएका छन् । पियाले ३ मतको झिनो मतान्तरले निर्वाचित भएका हुन् । पियाले २५ र सापकोटाले २२ मत ल्याएका थिए । पिया निवर्तमान कार्यसमितिका उपाध्यक्ष थिए ।
यस्तै, उपाध्यक्षमा उमेश पिया ,सचिवमा सुरज ज्ञवाली ,कोषाध्यक्षमा अर्जुन केसी निर्वाचित भएका छन् । तीनै जना पिया प्यानलबाट निर्वाचित भएका हुन् ।
महिला सदस्यमा आर्या अर्याल , अन्य सदस्यहरुमा अरुण घले, प्रशान्तकुमार पिया, उत्सव श्रेष्ठ, जीवन गुप्ता, ध्रुव शर्मा, प्रितम पिया, विजय बोहोरा, भरतकाजी कुँवर, मेघनाथ उपाध्याय र राजु खड्का निर्वाचित भए । सदस्य मध्यका खड्का मात्रै सापकोटा प्यानलबाट निर्वाचित भएका हुन् ।