भरतपुर, ११ पुस ।
Advertisement
चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा गोपाल भट्टराई चयन भएका छन् । भट्टराई निर्विरोध निर्वाचित भएका हुन् । चेम्बरको बुधबार भएको दोश्रो अधिवेशनले भट्टराईको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको हो । भट्टराई यसअघि उपाध्यक्ष थिए । समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
अधिवेशनबाट उपाध्यक्षमा रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक र सह-कोषाध्यक्षमा प्रकाश श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यमा गगन लामा, शुकरानी लामा, शोभा गौतम, नवीन रिजाल, बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेन मान शाक्य, राम प्रसाद सुवेदी, प्रमिल न्यौपाने, विशाल भट्टाराई, अच्युत थपलिया, शोभाखर अधिकारी र पुरुषोत्तम कँडेल रहेका छन् ।