चितवन २४ पौष : उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्वार्चित भएका छन । उनले शिरीष पन्तलाई ६ सय ७२ मतले पराजित गरेका हुन् । श्रेष्ठले १५ सय १५ मत ल्याए । पन्तले ८४३ ल्याए । श्रेष्ठ वरिष्ठ उपाध्यक्ष थिए भाए पन्त तृतीय उपाध्यक्ष थिए । अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी बिजयी भए । बाणिज्य तर्फको उपाध्यक्षमा राजेन्द्र ओलि , उद्योग तर्फको उपाध्यक्षमा अशोक अधिकारी र बस्तुगत तर्फको उपाध्यक्षमा नारायण प्रधान बिजयी बने । २९ सय ७४ मतदाता मध्ये २४ सय १४ मत खसेको थियो । ५३ मत बदर भएको थियो ।
कार्यसमिति सदस्यमा महिला उद्यमी तर्फ अस्मिता तिमिल्सिना रिजाल विजयी भइन् । कार्यसमिति सदस्यमै क्षेत्रीय संघतर्फ मणिरत्न शाक्य ,कार्यसमिति सदस्य कर्पोरेटतर्फ अमित कौडेल , राजकुमार कानु, कार्यसमिति सदस्य उद्योगतर्फ उपेन्द्र पण्डित, इमान्दु बराल, अशोक श्रेष्ठ, पूर्णिमा जोशी श्रेष्ठ, धनप्रसाद पोखरेल, शंकर अधिकारी निर्वाचित भएका छन् । त्यस्तै वस्तुगततर्फ दिपक काफ्ले , नरेश खनाल, विष्णु लम्साल, शंकरप्रसाद घिमिरे निर्वाचित भएका छन् । त्यस्तै वाणिज्यतर्फ गुणराज पौडेल, श्रीकृष्ण लम्साल, दीपा शाही, सन्तोषजनक भुसाल, दाताराम घिमिरे, सुनिता लिगल कर्माचार्य विजयी भएका छन् ।