• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

नारायणी किनारमा भ्रमण वर्ष उदघाटनको तयारी

  •   सोमबार, फागुन ०७, २०८० मा प्रकाशित

फागुन ७ , चितवन । भरतपुर महानगरपालिकाले मनाउन लागेको भरतपुर भ्रमण वर्षको तयारी तिब्र पारिएको छ । भ्रमण वर्ष उदघाटन स्थल नारायणी नदी किनारमा तयारी तिब्र पारिएको छ । आगामी फागुन १८ गते अर्थात मार्च १ मा नारायणघाटको नारायणी नदी किनारमा भ्रमण वर्षको उदघाटन हुनेछ । प्रदर्शनी स्थलमा सौन्दर्यकरणको काम तिब्र पारिउको छ । उदघाटनलाई आकर्षक बनाउने गरी काम सुरु गरिएको हो । महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक बृहत् प्रवद्र्धनात्मक अभियानअन्तरगत भरतपुर भ्रमण वर्ष २०२४ आयोजना गर्न लागेको हो ।
उदघाटन सत्रलाई मध्यनजर गरेर सरसफाईको काम पनि अघि बढाइएको छ । उदघाटन स्थल भउको कारण वडा नम्बर १ ले सरसफाईलाई विशेष प्राथमिकता दिएको छ । बजारी क्षेत्रमा सरसफाईकोक ाम पनि अघि बढाइएको छ । नदी किनारमा हुने उद्घाटन समारोहलाई आकर्षक बनाउन काम तिब्र पारिएको भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशब महर्जनले बताए । ‘ नारायणी नदी किनारमा सौन्दर्यकरणको काम भइरहेको छ , ’ वडा अध्यक्ष महर्जनले भने , ‘ नारायणघाट बजारलाई पनि हामी आकर्षक बनाउने सोचमा छौ । ’
भ्रमण वर्षमा भरतपुरमा तीन लाख पर्यटक भित्राउने महानगरको लक्ष्य छ । पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन, सिथिल अवस्थामा रहेको पर्यटन व्यवसायलार्ई थप चलायमान बनाउन भ्रमण वर्षले टेवा पुग्ने महानगर प्रमुख रेनु दाहालले बताइन् । उद्घाटन समारोहका लागि आर्कषक स्टेज निर्माण गरिने महानगरले जनाएको छ ।फागुन १८ गते अर्थात् कार्यक्रम उद्घाटन हुने दिन करिब ५० हजार जना नारायणी किनारमा ल्याउने तयारी गरिएको उपप्रमुख चित्रशेन अधिकारीले बताए ।
महानगरको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा वृद्धि गर्न, प्राकृति, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको प्रचारप्रसार गरी पर्यटकको संख्या र बसाइ अवधि वृद्धि गर्ने उद्देश्यमा भ्रमण वर्ष केन्द्रीत रहेको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले बताए ।
भ्रमण वर्षका लागि महानगरपालिकाले २१ वटा प्रमुख पर्यटकीय गन्तव्यहरु, सातवटा लेकसाइड सर्किट र ११ वटा धार्मिक सर्किटको नामाकरण गरी व्यवस्थापन गर्ने काम गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमण वर्ष सफल बनाउन मुल समितिसहित २९ वटा उपसमितिहरु गठन गरिएको छ ।जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने महानगरका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रकुमार रानाले बताए ।

Advertisement

सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.