चितवन : मुग्लिनमा सडक दुर्घटनाका कारण एक जना घाइते भएका छन् । आइतवार राती पौने नौ बजे JH05DK2839 नम्बरको ईण्डियन ट्रक भारतीय ट्रकसंग ठोक्किदा मोटरसाइकल चालक १८ वर्षिय आकाश कुसवाह गम्भिर घाइते भएका छन् । ईच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिङ बजारमा होटल बाट खाना खाएर निस्कने क्रममा ईण्डियन ट्रकसंग नारायणगढबाट कुरिनटारतर्फ जाँदै गरेको ग१३प ४१६६ नम्बरको मोटरसाइकल ठोक्किएको हो । मोटरसाइकल चालक कुसवाह मुग्लिनको पन्ना ग्यारेजमा काम गर्छन् । ट्रक चालक भारत बिहार घर भएका २८ वर्षिय अमरेन्द्र यादवलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा राखेको छ ।
Advertisement