चैत ४ चितवन । खैरहनी नगरपालिकाका मेयर शसिकुमार खनियाको कार्यशैलीको तिब्र विरोध भएको छ । उनले प्रभावकारी काम गर्न नसकेको भन्दै राजनैतिक दलको पालिकास्तरीय समितिले विरोध गरेका छन् । खैरहनीमा बेथिति बढेको आरोप सहितको ज्ञापनपत्र बुझाउदै मेयरको ध्यानाकर्षण गराएका छन् । मेयरलाई एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले १० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । प्रतिस्पर्धा नै नगरी फोहोर व्यवस्थापनको ठेक्का लगाएको, जग्गा वर्गीकरणमा शुल्क महंगो गरेको आरोप छ । किसानको तरकारी कुहिने समस्यामा मेयरले चासो नदिएको आरोप लगाउदै शीत भण्डार सञ्चालनमा ध्यान नदिएको भन्दै विरोध गरेका छन् । त्यस्तै लदरी खोलाको पुल निर्माणमा लापरवाही भएको विषयमा काम नभएको आरोप छ । त्यस्तै कृषिजन्य वस्तुको उत्पादन तथा बजार व्यवस्थापनमा ध्यान नदिइएको, नगरपालिकाभित्र विद्युत् आपूर्तिको समस्या रहेको, गुणस्तरहिन विकास निर्माण भएको, शुद्ध पिउने पानीको व्यवस्था नभएको, प्राकृतिक स्रोतसाधनको अनाधिकृत दोहन भएको र नागरिकले तिरेको करको दुरुपयोग भएको दावी गरेका छन् । आर्थिक मन्दीको समयमा नगरप्रमुखले बिलासी गाडी खरिद गरेको भन्दै विरोध गरेका छन् ।
खैरहनीका मेयर खनियाको कार्यशैलीको तिब्र विरोध
खैरहनीका मेयर खनियाको कार्यशैलीको तिब्र विरोध

Advertisement