चैत ५ चितवन । ठेक्का भएको तीन वर्षसम्म पनि निमार्ण नभएको सडकको विषयमा भरतपुर महानगरपालिकाको वडा नम्बर २३ ले सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको छ । माडी–ठोरी हुलाकी सडकखण्ड अन्र्तगत अलपत्र परेको राप्ती पुलदेखी घैलाघारीको गेटसम्म कालोपत्रे नभएपछि तत्काल निमार्णको पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको वडा अध्यक्ष दिपक दवाडीले बताए । वडा समितिले जगतपुरका जनप्रतिनिधि , राजनैतिक दल र सामाजिक अगुवाले सडक डिभिजन र भरतपुर महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेश पौडेललाई त्रापनपत्र बुझाएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २३ ले स्थानीय अगुवा नेताहरु सहितको टोली लिएर कार्यालय पुगेको थियो । कालोपत्रे र ढलान सहितको बाटो निमार्ण गर्ने ठेक्का लागेको लामो समय हुँदा पनि काम नभएपछि दबाबको लागी ज्ञापनपत्र बुझाएको वडा अध्यक्ष दवाडीले बताए । ‘ बाटो नबनाउँदा धुलोले यात्रुलाई असहज भएको छ , ’ उनले भने , ‘ विक्रमबाबा मेला सुरु हुने बेला दशनार्थीलाई झनै समस्या हुन्छ । त्यसैले समन्वय र पहलका लागी ध्यानाकर्षण गराएका हौं । ’
समन्वयका लागी भरतपुर महानगर कार्यबाहक मेयर चित्रसेन अधिकारीलाई पनि त्रापनपत्र बुझाएका थिए । बाटो छिटो निर्माण गर्न दबाब दिएका हुन् । प्रसिद्ध बिक्रमवाबा को पुजा र भरतपुरभ्रमण बर्ष २०२४ केन्द्रीत गरेर सडक निमार्णको काम अगाडी बढाउन आग्रह गरिएको छ ।
ठेक्का भएको तीन वर्षसम्म निमार्ण सुरु नभएपछि सडक डिभिजनलाई भरतपुर २३ को ज्ञापनपत्र
ठेक्का भएको तीन वर्षसम्म निमार्ण सुरु नभएपछि सडक डिभिजनलाई भरतपुर २३ को ज्ञापनपत्र

Advertisement