चितवन
भरतपुर महानगरपालिका वडा नं–२ का बासिन्दाले पुरानो मेडिकल कलेजमा भारी छुट पाउने भएका छन् । वडाबासीको लागी सहुलियतको ब्यवस्था गरेको छ । वडा कार्यालयले पुरानो मेडिकल कलेजबाट पाउने सेवामा पचास प्रतिशतसम्म छुट पाउने भएका छन् । ‘वडाबासीको सुविदाको लागी हामीले पुरानो मेडिकलले पचास प्रतिशत छुट दिनेछ,’ वडाध्यक्ष रानाभाटले भने, ‘ प्रत्यक्षरुपमा वडावासीको लाभ हुने खालको सम्झौता हो । यो दिगो रहने विश्वास छ ।’
वडाध्यक्ष रानाभाटले वडाबासीको लागी पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले सम्झौता गरेका छन् । वडा कार्यालयको सिफारिसमा नागरिकले उक्त सुविदा पाउनेछन् । डा. प्रधानले पुरानो मेडिकल कलेजबाट उपलब्ध हुने हरेक सेवामा बढीमा ५० प्रतिशतसम्म सहुलियत दिने गरी दिगोरुपमा सम्झौता भएको बताए । ‘ यो सम्झौता लामो समय चल्नेछ , ’प्रधानले भने , ‘ नागरिकको स्वास्थ्य सुविदाको लागी वडाले गरेको अभियानमा साथ दिएका हांै । ’सम्झौता भएपछि वडावासी खुसी छन् ।
पुरानो मेडिकल कलेजमा भरतपुर २ का बासिन्दालाई पचास प्रतिशत छुट
पुरानो मेडिकल कलेजमा भरतपुर २ का बासिन्दालाई पचास प्रतिशत छुट

Advertisement