• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

वडाध्यक्ष रानाभाटको नौलो अभियान, वडाबासीलाई स्वास्थ्य, शिक्षा र कृषिमा सहुलियत

  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित

चितवन: भरतपुर महानगरपालिका वडा नं–२ ले वडाबासीको लागी सहुलियतको ब्यवस्था गरेको छ । वडाबासीले स्वास्थ्य, शिक्षा र कृषिमा सहुलियत पाउने भएका छन् । सहुलियतका लागी विषय सम्बद्ध कार्यालयसंग सम्झौता गरिएको वडाध्यक्ष मनोज रानाभाटले बताए । वडाध्यक्ष रानाभाटले वडाबासीको प्रत्यक्ष लाभान्वित हुने योजना अघि सारेका हुन् ।
स्वास्थ्यका लागी पुरानो मेडिकल कलेज, तरकारी तथा फलफुलका लागी क्षेत्रपुर स्थित महानगर फलफूल तथा तरकारी बजार व्यवस्थापन समिति र शिक्षाको लागी मल हेभन मोडल स्कुल, चितवन बोर्डिङ स्कुल, न्यु होराइजन बोर्डिङसंग सम्झौता गरिएको छ । ‘वडाबासीको सुविदाको लागी सहुलियतका लागी सम्झौता गरेका छौं’, वडाध्यक्ष रानाभाटले भने, ‘ प्रत्यक्षरुपमा वडावासीको लाभाका लागी गरिएको सम्झौता दिगो रहने विश्वास छ ।’
सहुलियत दिने संस्था र वडा कार्यालयबीच सम्झौता भएको छ । वडाध्यक्ष रानाभाटले भरतपुर–२ नं का बासिन्दाल स्वास्थ्यको लागी पुरानो मेडिकल कलेज , कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज), संस्थागत विद्यालय, क्षेत्रपुरको महानगर फलफूल तथा तरकारी बजारसँग सम्झौता गरेका छन् ।
पुरानो मेडिकल कलेजबाट पाउने सेवामा पचास प्रतिशतसम्म छुट पाउने भएका छन् । वडा कार्यालयको सिफारिसमा नागरिकले उक्त सुविदा पाउनेछन् । मेडिकल कलेजका अतिरिक्त निर्देशक मनोहर प्रधानले पुरानो मेडिकल कलेजबाट उपलब्ध हुने हरेक सेवामा बढीमा ५० प्रतिशतसम्म सहुलियत दिने गरी दिगोरुपमा सम्झौता भएको बताए ।
वडाका बालबालिकाहरुले सहुलियतमा पढ्न पाउने भएका छन् । वडाका स्थायी बासिन्दाले मात्रै सुविदा पाउने छन् । कार्यालयले संस्थागत विद्यालयसँग २५ प्रतिशतसम्म छात्रवृत्तिका लागि पनि सम्झौता गरेको छ । वार्षिक शुल्कमा १० प्रतिशत छात्रवृत्ति दिनेछन् । छात्रवृत्ति सम्झौता पत्रमा वडाध्यक्ष रानाभाट र स्मल हेभन मोडल स्कुलका प्रचार्या विमलकुमार क्षेत्री , चितवन बोर्डिङ स्कुलका केशव कुमार श्रेष्ठ र न्यु होराइजन बोर्डिङका वसन्त रानाभाटले हस्ताक्षर गरेका छन् ।
वडा कार्यालयले फलफूल र तरकारी खरिदमा ४० प्रतिशतसम्म छूट पाउने पाउने ब्यवस्था गरेको छ । महानगर फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिसँग सम्झौता गरेको छ । भरतपुर–२ मा रहेका विभिन्न संघसंस्थाहरुको कार्यक्रममा आवश्यक पर्ने तरकारी तथा फलफूलमा वडा कार्यालयको सिफारिसमा ४० प्रतिशत छूटमा तरकारी तथा फलफूल उपलब्ध गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । सम्झौतापत्रमा वडाध्यक्ष रानाभाट र महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध सञ्चालक थिरप्रसाद धितालले हस्ताक्षर गरेका छन् ।
सम्झौता भएपछि वडावासी खुसी छन् ।

Advertisement

सोमबार, चैत २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.