भरतपुर : नेपाली काङ्ग्रेसको चितवन क्षेत्र नम्बर २ का कोषाध्यक्ष लक्ष्मी सापकोटाले आफ्नो जन्मदिनमा विरामीलाई फलफुल र नगद सहयोग गरेकी छन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका विरामीलाई सहयोग गरेकी हुन् । क्यान्सर अस्पतालका विभिन्न वार्डका रहेका ३५ जना गरिब तथा बिपन्न बिरामीलाई केही नगद र फलफुल बितरण गरेकी थिइन् । क्यान्सर अस्पतालका अस्पताल अध्यक्ष डा. बिजयराज न्यौपाने, काँग्रेसका क्षेत्रिय प्रवक्ता विकाश पौडेल, पार्टीको भरतपुर ७ वडा सभापति बिनोद ढकाल,भरतपुर महानगर सह सचिब कल्पना पौडेल ,काँग्रेस नेतृ मन्दिरा पोखरेल उपस्थित थिए ।
Advertisement