चितवन– काँग्रेस नेता शिव प्रसाद पौडेलको स्मृतिमा भरतपुरमा रगत संकलन गरिएको छ । रगतको अभाव झेलेका विरामीको लागी सहिद शिव पौडेल स्मृति प्रतिष्ठानले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । प्रतिष्ठानले भरतपुरको सप्तगण्डकी कलेज चोकमा गरेको रक्तदान कार्यक्रममा ८० जनाले रगत दिएका थिए । नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले रगतको संधै अभावकोृ कारण विरामीका आफन्त भौतारिने समस्या रहेको भएको बताउँदै रगत संकलन अभियानले केही सहज पुगेको बताए ।
नेपाल तरुण दलका तत्कालिन जिल्ला अध्यक्ष शिव पौडेलमाथि जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेला ०६८ साल मंसिर २० गते सांघातिक आक्रमण भएको थियो । पौडेलको स्मृतिमा सहिद शिव प्रसाद पौडेल स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानले विभिन्न समयमा सामाजिक का मगर्दै आएको अध्यक्ष विनु रायमाझी पौडेलले बताइन् ।