चितवन,२८ वैशाख । भरतपुर र माडी माडी–ठोरी जोड्ने वैकल्पिक पुलको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ स्थित केरुङ्ग खोलामा बनेकोे पुलको शुक्रवार उद्घाटन गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले उद्घाटन गरेका हुन् ।
प्रदेश सरकारको रु ७ करोड ९८ लाख १८ हजारको लागतमा निर्माण गरिएको हो । मन्त्री दुलालले पूर्वाधार विकासमा जनतालाई अनुभूति दिने गरी विकास निर्माणमा प्रदेश सरकार लागि परेको बताए ।
वि.सं. २०७९ साल चैत १९ गते सम्झौता भई निर्माण सुरु भएको पुल म्याद सकिन भन्दा ६ महिना अगाडि निर्माण सम्पन्न गरेको भन्दै केबिसी बिल्डर्स कम्पनी लिमिटेडका प्रमुख कुमार आचार्यलाई सम्मान गरिएको थियो । पुलले भरतपुर २३ र २४ नम्बरलाई जोडेको छ ।
Advertisement