काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सलाई एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्री पुनले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग र समन्वय गरेर तोकिएको समयैमा पुरा हुने आश्वासन दिएका छन् ।
नले आश्वासन दिएका दिएका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीसंगको भेटमा मन्त्री पुनले समयमै आयोजना सम्पन्न हुने विश्वास दिलाएका हुन् । टोलीसंग मन्त्री पुनले मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । ‘ ‘एमसीसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्धता छ ,’ उनले भने । एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।
Advertisement