चितवन – निजि अस्पताल समन्वय समितिको अध्यक्षमा विक्रम अधिकारी निर्विरोध चयन भएका छन् । शुक्रवार भएको समितिको सातौं साधारण सभा एवं चौथो अधिवेशनकोले अधिकारीको संयोजकत्वमा नौं सदस्यीय समिति चयन गरेको हो । अधिकारी नेसनल सिटि अस्पतालका प्रवन्ध निर्देशक हुन् । उनी यसअघि सचिव थिए ।
समितिको उपाध्यक्षमा एभरेष्ट अस्पतालका भरत रेग्मी , सचिवमा भरतपुर सामुदायिक अस्पतालका रघुनाथ सापकोटा , सहसचिवमा पुष्पाञ्जली अस्पतालका ऋषि रमण खनाल र कोषाध्यक्षमा नारायणी सामुदायिक अस्पतालका विष्णु कुँवर चुनिएका छन् । समितिको सदस्यमा दिलिप घिमिरे , रमेश खनियाँ , , दिपक गुरुङ , महेश पाण्डे रहेका छन् ।समितिको सदस्यमा दिलिप घिमिरे , रमेश खनियाँ , , दिपक गुरुङ , महेश पाण्डे रहेका छन् ।,
यसअघि भएको साधारण सभामा निजि अस्पतालले गरेको योगदान , समस्या र चुनौतीको विषयमा चर्चा गरिएको थियो । प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विरामीको सेवा प्रवाहको सहजताका लागी निजि अस्पतालसंग महानगरले सहजीकरण गर्न तयार रहेको वताइन् ।
कार्यक्रममा भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारी , भरतपुर १० का वडाअध्यक्ष परमेश्वर खनाल लगाएतले बोलेका थिए । निवर्तमान अध्यक्ष नारायण सिं कुँवरलाई सम्मान गरिएको थियो ।
निजी अस्पताल समन्वय समितिको अध्यक्षमा विक्रम अधिकारी निर्विरोध
निजी अस्पताल समन्वय समितिको अध्यक्षमा विक्रम अधिकारी निर्विरोध

Advertisement