चितवन – कृषि , वन , पशु चिकित्सा र पशु विज्ञान , मत्स्य विज्ञानमा स्नातक , स्नातकोत्तर र विद्यावारिधी गरी एक हजार ५९ जना दीक्षित भएका छन् । विश्वविद्यालयका परिक्षा प्रमुख रहेका सहप्रशासक सहदेव चौधरीका अनुसार कृषिमा ५६८ , पशु चिकित्सा ४७ मत्स्य विज्ञानमा २६ र वन विज्ञानमा १५७ जनाले स्नातक गरेका छन् । त्यस्तै कृषिमा १२३ भेटेरीनरी विज्ञानमा ३६ , पशु विज्ञानमा २० , मत्स्य विज्ञानमा १३ जना र वन विज्ञानमा ६० जनाले ले स्नातकोत्तर गरेका छन् । कृषि संकाय अन्तरगत कृषिमा ९ र वन विज्ञानमा १ जना गरेर ९ जनाले विद्यावारिधी गरेको परिक्षा प्रमुख चौधरीले बताए ।
उनीहरुलाइृ कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले दीक्षित गराएका हुन् । दाहालले प्रमाणपत्र प्रदान गरेका थिए । दाहालले आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर देशभित्रै भविष्य खोज्न दिक्षित भएकाहरुलाई आग्रह गरे । अवसरको खोजीमा पछिल्लो समय विदेश पलायन हुने क्रम बढेको भन्दै दाहालले देशभित्रै भविष्य खोज्न युवा पुस्तालाई आग्रह गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको यो चौथो दिक्षान्त समारोह हो । शिक्षा र रोजगारीको नयाँ नयाँ अवसरको खोजी गर्नु स्वभाविक भन्दै हाम्रो राष्ट्रियता , देशभक्तिपूर्ण भावना र भावि पुस्तालाई ख्याल गरेर देशमै ज्ञान र सिप प्रयोग गर्न आग्रह गरेका हुन् । अर्थतन्त्रको बलियो आधार कृषि रहेको बताउँदै सन् २०२३ देखी २०३३ सम्म ‘कृषिमा लगानी दशक’ र ‘सूचना–प्रविधि दशक’ घोषणा गरी काम अघि बढाएको बताए ।