काठमाडौँ — सत्ता समीकरण फेरबदलको चर्चा चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका मन्त्रीलाई बालकोट बोलाएका छन् । स्रोतका अनुसार एमाले मन्त्रीलाइृ ओली निवासमा ६ बजेका लागी बोलाइएको हो । एमाले अध्यक्ष ओली र नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाबीच आइतवार भएको भेटले राजनैतिक तरंग ल्याएको छ । ओलीले मन्त्रीलाइृ बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बोलकोटमा किन बोलाइयो भन्नेमा मन्त्रीहरुलाई जानकारी छैन । कांग्रेस र एमालेबीच नयाँ समीकरण हुनसक्ने भन्दै राजनीतिक सरगर्मी बढेको छ । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएका पछिल्ला वार्ता सकारात्मक बनेपछि नयाँ समीकरणको संभावनाको चर्चा चलेको हो ।
Advertisement