काठमाडौँ — नेकपा एकीकृत समाजवादीको नेतृत्वका लागि अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले आफ्नो दाबी छोडेका छैनन् । यी नेतालाइृ हसमति गनृ महाधिवेशनका प्रतिनिधिले दबाब दिएका छन् । सहमति नभए अध्यक्ष पदनमा नेपाल र भुसालबीच निर्वाचन हुनेछ । नेपालले आफ्नो पक्षमा सर्वसम्मत गराउन प्रयास गरेका छन् ।
Advertisement
नेपालले पार्टी नेतृत्वका लागि ‘युवाको साथमा अनुभवी नेतृत्व’ नारा अघि सारेका छन् । महासचिव भुसालले भने पार्टी रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् ।महाधिवेशनमा सहभागी १ हजार ८ सय प्रतिनिधिबाट छानिएका अधिकांश टोली नेताले विद्रोहपछि पहिलो पटक भएको पार्टी महाधिवेशनमा अध्यक्ष नेपाल र महासचिव भुसालबीच सहमति गरी नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।