काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सहयोग गर्न आग्रह गरेपछि रास्वपाका मन्त्रीहरू राजीनामा नबुझाई बालुवाटारबाट फर्केका छन् । एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा रास्वपाले मन्त्रीहरू राजीनामा दिने तयारी स्वरुप प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान बालुवाटार गएका थिए ।प्रधाममन्त्रीले दाहालले आफू विश्वासको मत लिने प्रक्रियामा लाग्ने भएकाले त्यसमा सहयोग गर्न रास्वपाका मन्त्रीहरूलाई आग्रह गरे । त्यसपछि रास्वपाले दाहालले सहयोग गर्न भन्दै मन्त्रीको राजीनामा स्थगित गरेको हो ।
Advertisement