चितवन – नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले विपीको पालामा गरिब दुखी जनतालाई हेरेर कार्यक्रम लक्षित हुने गरेको स्मरण गराउँदै पछिल्लो राजनैतिक परिपाटीमा त्यो हराएको बताएका छन् । मुलुकको विकासको विरोध गरिबि रहेको बताउँदै विपीले गरेका कामको निरन्तरता नहुँदा मुलुकको विकास पछाडी परेको दावी गरे । विपी कोइरालाले योजना आयोगका सदस्यलाई भित्तामा हलो जोतेको किसानको तस्विर राखेर योजना बनाउन गरेको आग्रहलाई प्रष्ट पारेका थिए । नेपाल टेलिकम वर्कर्स युनियन भरतपुरको ६२ औं स्थापना दिवस एवं ४२ औं विपी स्मृति दिवसको अवसर पारेर गरिएको कार्यक्रममा नेता घिमिरेले समाज सेवाको बाटोमा लाग्न नेतालाइृ आग्रह गरे । ‘ योजना बनाउँदा विपीले योजना आयोगका सदस्यलाई भन्नु भएको थियो कि भित्तामा हलो जोतेको किसानको फोटो राख्नुस् र त्यसैलाइृ हेरेर योजना बनाउनुहोस् , ’ उनले भने , ‘ त्यो किन भन्नु भएको हो भने एउटा शहरले भरिएको अर्को गाउँले भरिएको नेपाल छ । गाँउलेको दुख हेरेर योजना बनानुहोस भन्नु भएको हो । देशको अनुहार बदल्न हामीले कमजोरीलाई हेरेर काम गर्नपर्छ । ’
पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले उनको कार्यकालमा गरिब जनतालाई केन्द्रित गरे योजना बनाउन लगाउथे ।
स्थापना दिवसको अवसरमा नेपाल टेलिकम वर्कर्स युनियनले भरतपुरको आदर्श गृहमा भोजन खुवाएको छ । टेलिकम वर्कस युनियनको ६२ औं स्थापना दिवस र ४२ औं विपी स्मृति दिवसको अवसर पारेर केन्द्रमा रहेका असाहय बालबालिकालाई भोजनको ब्यवस्था गरेको हो । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । युनियनका अध्यक्ष सुरेश अधिकारले विगतमा पनि समाजिक सेवाको कार्यक्रम गरेको बताउँदै रचनात्मक काम गरेको बताए ।