• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

युटेक कलेजमा चितवनमै पहिलो पटक इञ्जिनियरिङको नयाँ विषयमा पढाई संचालन

  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित

साउन २५,चितवन- भरतपुरको युनाइटेड टेक्निकल कलेज (युटेक) ले स्नातक र स्नातकोत्तर तहमा चितवनमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रम सुरु गरेको छ । युटेकजिल्लामै पहिलो पटक ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई आईटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको हो । बिईआईटीमा ४८ जना तथा एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा हरेक ६ महिनामा ३० जना विद्यार्थी भर्ना लिनेगरी पोखरा विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरेको छ । चारवर्षे स्नातक कार्यक्रमका लागि १० लाख ६८ हजार रुपैयाँ खर्च हुने तथा स्नातकोत्तर कार्यक्रमका लागि पाँच लाख ५३ हजार रुपैयाँ शुल्क लाग्ने कजेलले जनाएको छ । र्
भरतपुर महानगरपालिकाभित्रबाट भर्ना हुने विद्यार्थीहरुका लागि थप १५ प्रतिशत छुट दिइने तथा भरतपुर ११ का बासिन्दालाई थप सहुलियत प्रदान गरिने कलेजका प्रिन्सिपल एवम् शैक्षिक निर्देशक प्रा.डा. केशवदत्त अवस्थीले बताए ।
शुक्रवार युटेकले नयाँ कार्यक्रमको शुभारम्भ गरेको हो । ‘जर्नल अफ युटेक इन्जिनियरिङ म्यानेटमेन्ट’को दोस्रो संस्करण समेत सार्वजनिक गरिएको छ । कलेजले स्नातक तहमा बीई कम्प्युटर, बीई सिभिल, बीई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा स्नातकोत्तर तहमा एमएससी इन कन्सट्रक्सन म्यानेजको अध्यापन गराइरहेको छ ।
कलेजले आगामी सेप्टेम्बर २२ मा ‘दिगो निर्माण, प्रविधि, व्यवस्थापन, चुनौती र अवसर’ विषयमा अन्तर्राष्ट्रिय गोष्ठी गर्न लागेको कलेजका अध्यक्ष चुडामणि खनालले बताए । कलेजमा रहेका युनाइटेड टेक क्लब र युनाइटेड रोबो क्लबमार्फत विद्यार्थीहरुले विभिन्न आविष्कारका नयाँ मोडलहरु तयार गर्दै आन्तरिक तथा अन्तरकलेज प्रतियोगितासमेत गर्दै आएका खनालले बताए ।
कलेजबाट हालसम्म पाँच सय भन्दा बढी इन्जिनियरहरु उत्पादन भइ विभिन्न क्षेत्रहरुमा सेवारत रहेका कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले बताए । हरेक शैक्षिकसत्रमा पोखरा विश्वविद्यालयबाट लिइने परीक्षामा युटेकबाट विद्यार्थीहरुले चार जिपिएसहित उत्कृष्ट नतिजा ल्याउने गरेका ढकालले बताए ।
काठमाडौँ उपत्यका बाहिर इन्जिनियरिङका विषयहरुमा उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विसं २०६५ मा स्थापना भएको युटेकले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आईएसओ ९००१ः२०१५ प्रमापत्र प्राप्त गर्नुका साथै नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यतासमेत पाएको खनालले बताउनुभयो ।

Advertisement

कलेजको नयाँ शैक्षिक कार्यक्रम शुभारम्भको अवसरमा प्रमुख अतिथि पोखरा विश्वविद्यालय प्रविधि तथा विज्ञान संकायका डिन प्राध्यापक राजेशकुमार ठगुराठीले नयाँ कार्यक्रमको अवसरका बारेमा स्पष्ट पारे ।

शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.