चितवन– हरितालिका तिजको अवसरमामा क्षेत्रपुरमा रहेको राइनो फिटनेस हबले शुभकामना आदान प्रदान गरेको छ । । स्वस्थ जीवन , स्वच्छ संस्कृतिमा जोड दिंदै राइनो फिटनेसले शुभकामना आदान प्रदान एवं दर खाने कार्यक्रमको आयोजना गरेको हो । फिट्नेसका महिला सदस्यहरुको लागी दर खाने कार्यक्रमको आयोजना गरेको हो । महिलाहरुलाई शुभकामना दिंदै दर खुवाउन पुरुष सदस्यहरु पुगेका थिए । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । दाहालले मुलुकको राजनैतिक परिवर्तनले महिलाहरुमा जागरण ल्याएको बताईन् । नेपाली महिलाहरु हरेक क्षेत्रमा सक्षम रहेको दावी गर्दै आत्मविश्वासका साथ लागिपर्न आग्रह गरिन् ।
कार्यक्रममा राइनो फिटनेस हबका अध्यक्ष रामप्रसाद गजुरेलले स्वास्थ्यलाई संस्कृतिसंग जोडेको बताए । कार्यक्रममा सहभागी करिब डेढ सय जना महिलालाई तीजको कोशेली दिइएको थियो । आयोजक संस्थाका सुन्दर गजुरेलले तिजको शुभकामना दिंदै स्वागत गरेका थिए । सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई भरतपुरको विकासमा खेलेको भूमिको कदर गरेर सम्मान गरिएको थियो ।
माइतीको आँगन बन्यो राइनो फिटनेस हब
माइतीको आँगन बन्यो राइनो फिटनेस हब

Advertisement