पोखरा – जय नेपाल फाउन्डेसन गण्डकी प्रदेशको पुर्ण बैठक पोखरामा सम्पन्न भएको छ । भाद्रको १८ गते भएको बैठकले गण्डकी प्रदेशमा सबै जिल्लाको कार्यसमिति विस्तार गर्ने निर्णय गरेको छ । बैठकले जय नेपाल फाउन्डेशन गण्डकी प्रदेशको वृहत रूपमा पुर्ण भेला छिटै गर्ने निर्णय गरेको जय नेपाल इन्टरनेशनल फाउन्डेशनका प्रवक्ता लालप्रसाद काफ्लेले बताए ।
गण्डकी प्रदेशका संयोजक सुदिप मोहन भट्टराई को अध्यक्षता र नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति श्री शुक्रराज शर्माको प्रमुख आतिथ्यतामा बैठक भएको हो । जय नेपाल फाउन्डेशन नेपालका सभापति श्री बद्री अर्याल बिशिष्ट अतिथि रहेका थिए । काँग्रेसका प्रदेश सभापति शुक्रराज शर्माले नेपालको लोकतान्त्रिक ब्यवस्थाको रक्षार्थ अभियान चलाउन आग्रह गरेका थिए ।
प्रतिकुल मौसमको कारण मनाङ् र मुस्ताङ् जिल्ला सभापतिहरु भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।
पोखरामा जय नेपाल फाउण्डेसन गण्डकी प्रदेशको बैठक, प्रदेशभर संगठन विस्तारको निर्णय
पोखरामा जय नेपाल फाउण्डेसन गण्डकी प्रदेशको बैठक, प्रदेशभर संगठन विस्तारको निर्णय

Advertisement