विशाल रानामगर(अमेरिका) , अमेरिकी सहर न्यू ह्यामसायरमा जय नेपाल फाउण्डेसनको टाउन हल मिटिङ गर्न लागिएको छ । फाउण्डेसनको कार्यदिशाको विषयमा बृहत छलफलको आयोजना गरिएको हो । सेप्टेम्बर १४ मा फाउण्डेसनको न्यू ह्यामसायर च्याप्टरले बैठकको आयोजना गरेको हो ।
Advertisement
बैठकमा सामुदायीक छलफल र अनुभवको माध्यमबाट कार्यनितिमा सहकार्यको अवधारणा अन्र्तगत बैठक गर्न लागिएको हो । उक्त बैठकमा प्रमुख अतिथिको रुपमा फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डित रहनेछन् । त्यस्तै विशेष अतिथिको एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी र फाउण्डेसनका संस्थापक सदस्य विश्व बराल रहने केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्ले बताए ।
बैठकको तयारी तिब्र पारिएको छ । कार्यक्रमको संयोजन पवन पौडेल र सुन्दरी गुरुङले गरेका छन् ।