नवलपुर । मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनका लागी स्थापित जय नेपाल फाउन्डेसनको संगठन विस्तारको अभियान अन्र्तगत नवलपुरमा पनि शाखा गठन गरिएको छ । नरेशमणी भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको जिल्ला सदस्य अमर केसीले क्षेत्र नम्बर एकको संयोजकको जिम्मेवारी पाएका छन् । त्यस्तै जिल्ला सदस्य कृष्ण धरेललाई क्षेत्र नम्बर २ को संयोजकको जिम्मेवारी पाएका छन् । जिल्ला सदस्यमा नियुक्त भएका गोमा लुइँटेललाई क्षेत्र १ ९क० को संयोजक , क्षेत्र ख को संयोजकमा संजय भट्टराई , क्षेत्र नम्बर दुई प्रदेश क को संयोजक शिव खड्का र ख मा कृष्ण चौधरीलाई जिम्मेवारी दिइएको छ । जिल्ला सदस्यमै नियुक्त शुभ रानालाई महिला समन्वय संयोजक , कमला सुनारलाई दलित महिला समन्वय संयोजक र आदीवासी जनजाती संयोजकमा मनकुमारी थापा (मंखु) लाई तोकिएको छ ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्न सक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम सञ्चालन गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको हो । जय नेपाल अन्र्तराष्ट्रिय फाउण्डेसनका अधयक्ष अध्यक्ष डा.यादव पण्डित हुन् । । गठन निर्माण प्रक्रियासंगै विभिन्न रचनात्मक छलफल र बहस संचालनमा क्रियाशील रहेको पण्डितको भनाईछ । नेपाल सहित विभिन्न देशमा फाउण्डेसनको गठन प्रकृया तिब्र पारिएको छ । गण्डकी प्रदेशमा सुदिप मोहन भट्टराईको संयोजकत्वमा समिति बनेपछि प्रदेशका सबै जिल्लामा समिति विस्तार गरिएको हो ।
जय नेपाल फाउण्डेसनले सातै प्रदेशमा आफ्नो संरचना विस्तार गरेको छ । त्यस्तै ७७ वटै जिल्लामा समेत छिट्टै संरचना विस्तार गर्न लागिएको फाउण्डेसनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले बताए । फाउण्डेसनका नेपालका अध्यक्ष बद्री अर्याल हुन् ।