विसाल राना (अमेरिका ) –विश्वब्यापी सञ्जालमा बनाउँदै गएको जय नेपाल फाउण्डेसनले क्यानाडामा पनि नेतृत्व चयन गरेको छ । सुमन बाँस्कोटाले संयोजकको जिम्मेवारी पाएको छ । युवा डाइनामिक बाँस्कोटा पूर्व विद्यार्थी नेता एवं त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक हुन् । समितिको विस्तार बाँस्कोटाले गर्ने फाउण्डेसनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले बताए ।
राजनीतिक संस्कार,संस्कृति तथा प्रजातान्त्रिक आचरण र व्यवहारका वारेमा अध्ययन अनुसन्धान गर्न गठित फाउण्डेसनका अन्तरराष्ट्रिय अध्यक्ष डा.यादव पण्डित हुन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मुल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशिल र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्नसक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम संचालन गर्ने उदेश्यले फाउण्डेसनको स्थापना गरिएको जय नेपाल फाउण्डेसनको केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले बताए ।