चितवन । आईतवार विद्यालय बन्द हुने भएको छ । बाढी पहिरोको कारण जनजीवन अस्तब्यस्त भउको कारण सरकारले गरेको आग्रहमा भरतपुर महानगरपालिका सहित कालिका नगरपालिका , इच्छाकामना गाँउपालिकाले आइतवार एक दिनका लागी विद्यालय बन्दको निर्णय गरेका छन् । सरकारले भोलि आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ । देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएकाले विद्यालय बन्द गर्ने निर्णयका लागी स्थानिय सरकारलाई आग्रह गरेको थियो । चितवनमा विद्यालयमा कुनै क्षति नभएको कारण आइतवार एक दिनका लागी मात्रै निर्णय गरिएको छ ।
भरतपुर महानगरपालिकामा हिउदे विदामा कटौती हुने गरी बन्द गर्ने जनाएको छ । महानगरका शिक्षा महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले आईतवार मन्टेश्वरीदेखी विद्यालय बन्दको निर्णय गरेको बताए । कालिका नगरपालिकाले विद्यार्थीलाइृ मात्र विदा दिउको छ । शिक्षा शाखाका उपसचिव गंगाधर रिमालले विद्यार्थीलाई विदा दिएर शिक्षकहरु विद्यालय हाजिर हुने निर्णय गरेको बताए । इच्छाकामना गाँउपालिकामा पनि आइतवारका लागी मात्रै विदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख राजेन्द्र रोकायले बताए । रत्ननगर नगरपालिकाले आइतवार विहान निर्णय गरेर विद्यालय बन्दको तयारी गरेको छ । शिक्षा शाखा प्रमुख उपसचिव नारायणप्रसाद वाग्लेले आइतवार विहान निर्णय गरिने बताए । खैरहनीका शिक्षा शाखा पञ्मुख राजु बानियाँले आइतवार छलफल गरेपछि मात्रै थाहा हुने बताए । माडी नगरपालिकाले भने विद्यालय बन्द नगर्ने भएको छ । राप्ती नगरपालिकाका शिक्षा शाखा प्रमुखलाई सम्पर्क हुन सकेन ।,
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद व्यवस्थापनका लागि सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र अन्य सबैले सक्रिय भई लाग्न अनुरोध गरेको उल्लेख गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव लक्ष्मीप्रसाद भट्टराईले शनिबार जारी विज्ञप्तिमा यस्तै, तीनै तहका सरकार, गैरसरकारी क्षेत्र तथा आमनागरिक सबैले संयमता अपनाई समन्वयात्मक रूपमा विपद् व्यवस्थापनमा जुट्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न र भौतिक, शैक्षिक र मानवीय क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा यथाशीघ्र पठाउन अनुरोध गरिएको छ ।