चितवन असोज १६ । नेपाली नागरिकता वितरणका लागी दिइने सिफारिस अब अनाइनबाट हुनेछ ।चितवनमा असोज १६ गतेबाट चितवनका ९८ वटा वडाबाट अब अनालइनबाट सिफारिस हुने भएको छ । नागरिकता वितरण र अभिलेख ब्यवस्थापनलाई थप व्यवस्थित र प्रविधिमा आधारित बनाउन स्थानिय तहबाट नागरिकता सुचना ब्यवस्थापनको प्रयोग गरेर सम्बन्धित जिल्ला , इलाका र सिमा प्रशासन कार्यालय सहित चितवनका सातै पालिकालाई कार्यान्वयनको लागी गृह मन्त्रालयको सुचना प्रविधि शाखाले निर्देशन दिएको छ ।यसका लागी वडाका सचिव एवं कर्मचारीलाई गहृ मन्त्रालयले तालिम दिइसकेको छ । यसका लागी चितवनको जिल्ला प्रशासन कार्यालयले बुधवारबाट सेवा सुरु गर्न अनुरोध गरेको छ । अनलाई सिफारिसको ब्यवस्थाबाट सेवाग्राहिको सेवा प्राप्ति र अभिलेख ब्यबस्थापनमा सहज हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
यो प्रणालीमा निबेदकको माग अनुसार विवरण प्रविष्ट गरेपछि सिष्टमबाटै सिफारिस तयार हुनेछ । वडासचिवले सिफारिस प्रिन्ट गरेर वडा अध्यक्षले सही गरेर छाप लगाएपछि सिष्टममा अपललोड हुनेछ । प्रविधिले समयको बचत, खर्चमा कमी र छिटो छरितो सेवाग्राहीले सेवा पाउने प्रजिअ यादवले बताए । यो प्रणाली लागु भएसँगै अब नयाँ नागरिकता प्राप्तिका लागि निवेदन दिने सेवाग्राहीले नागरिकता लिन आवश्यक पर्ने सिफारिसका पत्रहरु बोकेर जिल्ला, इलाका प्रशासनमा बुझाउनुपर्ने झञ्झट हट्नेछ । सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु गृह अन्तर्गत नागरिकता फाँट विभागमा रजिष्टेशन कोडका आधारमा सहजै नागरिकता पाउन सकिन्छ।
गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यहाँ अनलाइन नागरिकता सिफारिस अगाडि बढाउन लागिएको हो । केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली ९सीसीआइएमएस० को माध्यमबाट अनलाइन सिफारिस सुरु गर्न लागिएको हो ।