• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

बाढी प्रभावितलाई सहयोग गर्न हेल्प नेपाल अमेरिकाको आह्वान

  •   शुक्रबार, असोज २५, २०८१ मा प्रकाशित

भगिरथ योगी  ( बेलायत ) ।  नेपालमा शिक्षा, स्वास्थ्य तथा आपत्कालिन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आएको संस्था, हेल्प नेपाल नेटवर्क अमेरिकाले नेपालमा हालै भीषण बाढी र पहिरोबाट प्रभावितहरुका लागि सक्दो सहयोग गर्न अमेरिका लगायत संसारभर हरेका नेपालीहरुलाई आह्वान गरेको छ। देश भरिबाट बाढी प्रभावित परिवारका लागि खाद्यान्न, औषधी , टेन्ट, जस्तापाता, कपडा, पानी शुद्ध गर्ने सामग्री, ब्ल्यांकेट लगायतका सामग्रीको माग आएको हुँदा सहयोगमा सहकार्य गर्न आग्रह गरिएको छ । ‘ विगतमा झैं यो मानवीय कार्यमा सघाउन हामी अमेरिकामा रहनु भएका प्रवासी नेपालीहरु, नेपाली संघ संस्था तथा नेपालका मित्रहरुलाई हार्दिक अपिल गर्दछौं, ’ हेल्प नेपाल नेटवर्क अमेरिका च्याप्टरका अध्यक्ष ज्वलन्त श्रेष्ठले भने । उनले संकलित सम्पूर्ण रकम बाढी तथा पहिरो पीडितहरुको सहयोगार्थ पठाइने र कुनै पनि प्रशासनिक काममा खर्च नगरिने पनि जनाए।

Advertisement

सन् २०१५ को महाभूकम्प वा कोभिड तथा गत वर्ष मात्रै जाजरकोट क्षेत्रमा गएको भूकम्पबाट प्रभावित समुदायलाई सक्दो सहयोग गर्न हाम्रा स्वयम्सेवकहरु अग्रपंक्तिमा खटिएका थिए। त्यो सबै तपाईंहरुकै महत्वपूर्ण सहयोगबाट सम्भव भएको हो। यस पटक पनि बाढी तथा पहिरो पीडितहरुलाई अत्यावश्यक मानवीय सेवा पुराउन सबै मित्रहरुबाट सक्दो सहयोग प्राप्त हुने हामीले विश्वास लिएका छौं , ’ हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले भने। उनले सहयोग संकलन तथा वितरण सम्पूर्ण रुपमा पारदर्शी हुने पनि जनाए।
गत सेप्टेम्बर महिनाको अन्तिम साता नेपालमा भएको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २३० जना भन्दा बढीको ज्यान गएको छ भने अरु कैयौं बेपत्ता भएका छन्। त्यस्तै पूर्वाधार, बालीनाली, निजी घर जग्गा लगायतमा अरबौं रुपिया बराबरको क्षति भएको छ।
हेल्प नेपाल नेटवर्क नेपाल शाखाले सिन्धुपाल्चोक ,काभ्रे र दोलखाका विभिन्न स्थानमा जस्तापाता,त्रिपाल,खाद्यान्न,लत्ताकपडा लगायतका सामाग्री वितरण गरिरहेको छ । जस अनुसार नेटवर्कले काभ्रेको पनौती नगरपालिकास्थित वडा नं १२ का १०० परिवारलाई खाद्यान्न सहायता उपलब्ध गराएको छ भने सिन्धुपाल्चोक जिल्लाका इन्द्रावती तथा बेल्फी गाउँपालिकाका २२ बाढी पीडित परिवारहरुका लागि खाद्यान्न, टर्पोलिन लगायतका सामग्रीहरु वितरण गरेको छ । यसै गरी ललितपुरको कोन्ज्योसोम गाउंपालिकाका विभिन्न वडाका १०० परिवारलाई भांडाकुंडा र खाद्यान्न वितरण गर्ने कार्य वडा नं ४ नल्लुबाट शुरु गरिएको छ। आफुले विश्वास गरेको संस्था मार्फत बाढी र पहिरो पीडितहरुलाई मानवीय सहयोग गर्न पनि हेल्प नेपाल नेटवर्कले अपिल गरेको छ।

हेल्प नेपाल नेटवर्क अमेरिका च्याप्टरले गो फन्ड मी तथा zeffy.com मा गएर मन खोलेर सहयोग गर्न आग्रह गरेको छ। https://www.gofundme.com/f/nepal-flood-landslide-relief-appeal-2024 https://www.zeffy.com/fundraising/eed8ea5e-3ecc-43c0-a71c-ffcf5d5bb7fa

शुक्रबार, असोज २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.