शारदानगर जेसिजको वर्ष २०२५ को अध्यक्षमा लक्ष्मि केसी चयन भएकी छन् । शारदानगर जेसिजको २६ औँ वार्षिक साधारण सभा एवं २५ औँ अधिवेशनले वर्ष २०२५ को लागी केसीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो । समितिको कार्यकारिणि उपाध्यक्षमा श्रेयसी सेढाँई र दिपेश आचार्य चयन भएका छन् । महासचिवसमा रोशन अधिकारी , कोषाध्यक्षमा शिबराज कंडेल चयन भएका छन् । उपाध्यक्षमा रेशम भुजेल, सोबिक अर्याल, संजय कुवंर र सरोज महत्तो ,सहसचिवमा सागर महत्तो र सहकोषाध्यक्षमा आरिभ मानन्धर र कानुनी सल्लाहकार रमेश घिमिरे चयन भएको निर्वाचन अधिकृत तमबहादुर पुनले जानकारी दिए । वर्ष २०२४ का शाखा अध्यक्ष भुवन सापकोटाको अध्यक्षतामा भएको हो ।
Advertisement