विशाल रानामगर (विस्कान्सन ) । विश्वब्यापी सञ्जालमा विस्तार हुँदै गएको जय नेपाल फाउण्डेसन अमेरिकाको टेक्सासको डालसमा च्याप्टर विस्तार गरिएको छ । रमेश अधिकारीको अध्यक्षतामा डालसमा च्याप्टर गठन गरिएको हो । समितिको सचिवमा टंक अधिकारी र कोषाध्यक्षमा अनिल पोडेल चयन भएका छन् । समितिको सदस्यमा प्रताप गुरधामी , प्रेम पाठक , प्रकाश चापागाईँ , जीवन डाँगी र विनय खतिवडा रहेका छन् ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्न सक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम सञ्चालन गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको हो । जय नेपाल फाउण्डेसन अन्र्तराष्ट्रियका अध्यक्ष डा. यादव पण्डितले जय नेपाल फाउडेसनलाई संसारभर छरिएका नेपालीको हित र एकतामा जोड्न लागेको बताए । ‘ जय नेपाल फाउण्डेसन कर्म गर्न विश्वभर रहेका नेपालीको सुखदुखको साथी बन्नेछ , ’ केन्द्रीय अध्यक्ष पण्डितले भने , ‘ एकताबद्ध र समृद्ध भविष्यको लागि विश्वव्यापी नेपाली समुदायलाई सशक्त बनाउनुहोस् दृष्टि भन्ने उदेश्यका साथ विस्तार गरेका हौं । ’
फाउण्डेसनका केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले फाउण्डेसनको भिजन नेपाली जनतालाई एकताबद्ध गरी नेपाली पहिचानको संरक्षण र प्रवद्र्धन गर्नु फाउण्डेसनको उदेश्य रहेको बताए । फाउण्डेसनका नेपालका अध्यक्ष बद्री अर्याल हुन् ।
अमेरिकाको डालसमा रमेश अधिकारीको अध्यक्षतामा जय नेपाल फाउण्डेसनको च्याप्टर गठन
अमेरिकाको डालसमा रमेश अधिकारीको अध्यक्षतामा जय नेपाल फाउण्डेसनको च्याप्टर गठन

Advertisement