• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

ब्रेक फेल भएको बस भित्तामा ठोक्काएर चालकले ३२ जनाको ज्यान जोगाए

  •   शनिबार, मङि्सर ०८, २०८१ मा प्रकाशित

चितवन । पहाडी भेगमा रहेको चितवनको पुरानो सदरमुकाम उपरदाङगढी पर्यटकिय आकर्षणको केन्द्र हो । ऐतिहासिक थलोको अवलोकन सहित वनभोज सकेर विद्यार्थी बोकेर पदमपुरको चित्रवन माविको बस ओरालो लाग्यो । भिरालो बाटो झर्दै गरेको बस द्रब्यटार आएपछि एक्कासि ब्रेक फेल भयो । ब्रेक फेल भएको बसको स्टेरिङमा थिए बसका चालक जितेन्द्र चौधरी । उनले बसको ब्रेक फेल भएपछि विधार्थीलाई जोगाउन लागे । उपाय केही नलागेपछि बसलाई सडक छेउको भित्तामा ठोक्काए । उनले बस मात्रै ठोक्काएनन , बसमा रहेका ३२ जनाको ज्यान जोगाए । ‘ दुई वटा मोड सहजै पार गरेपछि ब्रेकले काम गरेन । पहिला आफुलाई सम्हाले अनि बसका विद्यार्थी कसरी जोगाउने भन्नेतीर लागे , ’ जीतेन्द्रले भने , ‘ त्यसपछि बसमा रहेकाहरुको ज्यान जोगाउनतीर सोच आयो । ठूलो घुमाउरो बाटो आएपछि बसलाई भित्तोमा ठोक्काए । ’

Advertisement

वनभोजमा गएर फर्कने क्रममा स्कुल बस दुर्घटना हुँदा २८ जना घाईते भएका छन् । चितवनको पहाडी भेग उपरदाङगढीमा वनभोज खाएर फर्कने क्रममा बस दुर्घटनामा परेको हो । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस शनिवार साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटना हुँदा २७ विद्यार्थी र एक शिक्षिका घाईते भएका छन् । ब्रेक फेल भएको थाहा पाएपछि सहचालक गोविन्द पौडेल विद्यार्थीलाई क्याविनबाट पछाडीको सिटमा सारेका थिए । यसबाट ठुलो मानविय क्षति हुनबाट जोगियो । कक्षा ५ देखि १० कक्षा सम्मका विधार्थी र शिक्षक थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । २२ जनाको चितवन मेडिकल कलेजमा र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको चितवन प्रहरी प्रमुख गौतम मिश्रले बताए । बसमा ३० जना विद्यार्थी सहित ३२ जना चढेका थिए ।

शनिबार, मङि्सर ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.