अनिल ढकाल (चितवन )। नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयको उद्घोष गर्दै फ्रेन्चाइज टोली चितवन राइनोज काठमाडौं प्रस्थान गरेको छ । जितेर मात्रै घर फर्किने अठोटका साथ टिम काठमाडौं लागेको छ । चितवन मेडिकल कलेज (सीएमसी)को स्मामित्वमा रहेको चितवन राइनोजले बागमतीकै साख र सानलाई उँचो पार्दै विजय हासिल गर्ने लक्ष्य लिएर भरतपुर विमानस्थलबाट बुद्ध एयर मार्फत काठमाडौं प्रस्थान गरेको हो । युवा र अनुभवी दुवै खाले खेलाडी चितवनको जितको भरोषा हो । चितवनको टिम सन्तुलित छ । विदेशीका साथै स्वदेशी र स्थानीय खेलाडीबीच राम्रो तालमेल मिलाएको चितवनले जित्नेमा विश्वस्त रहेको मार्की खेलाडी कुशल मल्लले बताए । चितवनले आफ्नो पहिलो खेल मंसिर १७ गते विहान सवा ९ बजे काठमाडौं गुर्खाजसँग खेल्ने छ । चितवनले सुरुवाती खेललाई सुद बनाउने रणनितिका साथ तयारी गरेको छ ।
मंसिर १८ गते पोखरा एभेन्जरसंग दिउँसो सवा एक बजे खेल्दैछ । मंसिर २१ गते कर्णाली याक्ससंग विहान सवा ९ बजे र मंसिर २३ गते दिउँसो सवा एक बजे सुदुरपश्चिम रोयल्ससंग भिड्दैछ । त्यस्तै मंसिर २५ मा लुम्बिनी लायन्ससंग , २८ मा विराटनगर किङ्गससंग र २९ गते जनकपुर बोल्ट्ससंग खेल्दैछ ।
पहिचान, पर्यावरण र साँस्कृतिक झल्किएको जर्सि
शान्त स्वरुपको प्रतिक स्वरुप खरानी र चितवनको सूर्यास्तको झल्को दिने सुन्तला रंगको जर्सीमा चितवनको शानका रुपमा परिचित एक सिङ्गे गैडाको आकृति राखिएको छ। चितवन राइनोजले चितवनको पहिचान, पर्यावरण र साँस्कृतिक पाटोलाई जर्र्सीमा समिश्रण गरेको छ। त्यस्तै, जर्सीमा राखिएको सुन्तला रंगले चितवनको सूर्योदय, सूर्यास्त र पाटेबाघको रंगलाई चित्रण गरिएको छ। जर्सीको अगाडिपट्टि सूर्योदयको र अर्कोपट्टिको भागले सूर्यास्तको संकेत गरेको छ। गैंडाको छालाको रंग खरानी रंग समावेश गरिएको छ। चितवनको सभ्यतालाई जर्सीबाट सम्बोधन गरिएको चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताए।
टिमको मस्कट ‘मिस्टर गैंडा’
चितवनको पहिचान एक सिङ्गे गैंडाको मस्कट बनाएको छ । चितवनको पहिचान खागसहितको गैडाको मस्कट तयार गरिएको छ। एनपीएलका आठ प्रेन्चाइजमध्ये चितवन राइनोज मात्रै यस्तो टिम हो जसले मस्कट सार्वजनिक गरेको छ। मास्कटको पछाडिको भागमा गैंडासहित चितवनको टेलिफोनको कोड नम्बर राखिएको छ।
चितवन राइनोजको टिम:
ओनर : चितवन मेडिकल कलेज (आयुष न्यौपाने, डा. हरिश न्यौपाने)
मार्की खेलाडी : कुशल मल्ल
अन्य खेलाडी : रिजन ढकाल, कमल सिंह ऐरी, शरद भेषावकर, दिपेश श्रेष्ठ, अमरसिंह राउटेला, दीपक बोहरा, सन्तोष कार्की, गौतम केसी, रन्जित कुमार, विपिन रावल
विदेशी खेलाडी : मर्चेन्ट डे ल्याङ, लुक बेनकेन्स्टेइन, हसन एइसाखिल, निकोल जान लोफ्टी-इटन, रबि बोपारा
मुख्य प्रशिक्षक : उमेश पटवाल
बलियो पक्ष : मिडल अर्डर ब्याटिङ र पेस बलिङ