सप्तरी । जय नेपाल फाउन्डेसन मधेश प्रदेशले सप्तरीमा विचार गोष्ठी आयोजना गरेको छ । सप्तरीको राजविराजमा ‘ विचार निर्माणमा जय नेपाल फाउण्डेसन ’ विषयक बिचार गोष्ठीलाई नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सम्बोधन गरेका थिए । विचार र बहसबाट मात्रै लोकतन्त्र संस्थागत हुने बताउँदै नेता कोइरालाले त्यसको अभियानलाई सक्रिय बनाउन आब्हान गरेका छन् ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु किरण यादव, राजिव कोइराला , दिनेश यादव र डा. चन्द्रमोहन यादव, कांग्रेसका मोरङका सभापति डिगबहादुर लिम्बू , सुनसरीका अध्यक्ष मोरङका सभापति केदार भण्डारी, महोत्तरी सभापति नागेश्वर यादव , सप्तरीका सभापति रामदेव साह, मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिसोर राय, नेविसंघ पुर्व केन्द्रीय अध्यक्ष रञ्जित कर्ण, जय नेपाल फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष बद्री अर्याल , जय नेपाल फाउण्डेसनका मधेश प्रदेशका अध्यक्ष नवलकिशोर यादव ,फाउण्डेसनका नेपाल च्याप्टरका सदस्य एवं पूर्व सांसद विजुला बर्माको उपस्थिती रहेको थियो ।
जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डित हुन् । जय नेपाल फाउण्डेसनको केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्ले देश विदेशमा फाउण्डेसनलाई विस्तार गरेर गतिविधि तिब्र बनाएको बताए ।