पुस १५, २०८१ – प्रणामी ब्यवसायीक संघ नेपालको चितवनको अध्यक्षमा विपिन खतिवडा चयन भएका छन् । संघको चौथो वाषिृक साधारण सभा एवं दोस्रो अधिवेशनबाट खतिवडा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा सेबक बास्तोला , सचिवमा सूर्यमणी ढकाल , कोषाध्यक्षमा ज्योती भट्ट, सहसचिवमा उद्धव रुवाली चयन भएका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मण न्यौपाने , राजेन्द्र अधिकारी ,सुशिला सापकोटा , हेमन्त अधिकारी, निरज न्यौपाने , सुरेश खतिवडा चयन भएका छन् ।
Advertisement