• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

किन बढ्यो कांग्रेसका नेताहरुमा सरकारका क्रियाकलापप्रति असन्तुष्ट ?

  •   सोमबार, पुष २९, २०८१ मा प्रकाशित

२९ पुस, काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेताहरु सरकारको कामप्रति आलोचना मात्रै होइन, सरकारको गतिविधिमै तिब्र असन्तुष्टी पोखेका छन् । काँग्रेस र एमालेको समिरकण बनाउन लागेका नेताहरु सरकारको आलोचनामा उत्रिएका छन् । काँग्रेसका नेताहरु एनपी साउदले सुरुमा विरोध गरे । अहिले डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, नैनसिंह महर खुलेरै आलोचभना गर्न थालेका छन् । कांग्रेस र एमाले गठबन्धनको शैलीसँग असहमति जनाउन थालेका छन् । सुशासनको प्रत्याभूति नहुनु, नागरिकका निराशा चिर्न नसक्नु, बीआरआई सम्झौता, संविधान संशोधनको मुद्धा र हालै जारी अध्यादेश उनीहरुको विरोधको कारण हो । संसदलाई छलेर अध्यादेशको बाटो रोजिएको कांग्रेस नेताहरुले कांग्रेसका नेताहरु असन्तुष्ट हुनुको अर्को कारण बनिदियो– संविधान संशोधन सम्बन्धी प्रधानमन्त्री ओलीको बोली । कांग्रेस–एमालेको सत्ता समीकरण बनाउँदा भएको सहमतिमा संविधानको आवश्यक संशोधन गर्ने उल्लेख थियो । उक्त सहमतिको दोस्रो बुँदामा भनिएको थियो,‘राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदअनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।’

Advertisement

दुई दलका वीचमा संविधान संशोधन गर्नका लागि कार्यदल बनाउने सहमति जुटेपनि गठन भने भइसकेको छैन । त्यसै वीचमा प्रधानमन्त्री ओलीको बोलीले कांग्रेस नेताहरु संशकित बनेका छन् ।

२३ पुसमा प्रधानमन्त्री ओलीले संविधान संशोधन २०८७ सालमा मात्रै हुने बताएका थिए । ओलीले भनेका थिए, ‘संविधानमा केही त्रुटि छन् । संशोधन गर्नुपर्ने छ । तर यो काम २०८७ सालमा मात्रै हुन्छ ।’ प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु अर्जुननरसिंह केसी, एनपी साउद, नैनसिंह महर लगायतले आपत्ति जनाएका छन् ।प्रति आपत्ति जनाएका छन् ।

सोमबार, पुष २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.