विशाल रानामगर । जय नेपाल इन्टरनेशनल फाउन्डेसन जापान च्याप्टर गठन भएको छ । डिलाराम खरेलको अध्यक्षतामा १७ सदस्सिय जापान च्याप्टर गठन भएको हो । समितिको उपाध्यक्षमा चूडामणि भट्टराई र राजबिन थापा, महासचिवमा तारा थापा, सह सचिवमा धीरेन्द्र बम ठकुरी र कोषाध्यक्षमा प्रिन्सेस खरेल रहेका छन् । सदस्यहरुमा पुष्प बानियाँ, कुमार रोका, मुकेश सिंह, पवित्रा देवकोटा रेग्मी, सागर शर्मा, शिव खनाल, रबिन देवकोटा, प्रवीण पोखरेल, मधु पराजुली, सन्तोष जंग मल्ल र सुजन ढकाल छन् । प्रजातान्त्रिक आस्थावान नेपालीहरुमा एकताबद्ध गराउन विश्वभर जय नेपाल फाउण्डेसन गठन गरिएको हो । नेपाल लगाएत विभिन्न देशमा गरी फाउन्डेसनका ३८ च्याप्टर गठन भइसकेको छ । हाल अमेरिकामा रहेका नेपाली काँग्रेसका नेता नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री डा. यादव पण्डितले जय नेपाल फाउण्डेसन मार्फत विश्वभरका नेपालीलाई एकताबद्ध गर्न अभियान चलाएका हुन् । उनी अन्र्तराष्ट्रिय समितिका अध्यक्ष हुन् । मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउण्डेसनको स्थापना भएको केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले बताए ।
जापानमा जय नेपाल फाउण्डेसनको च्याप्टर गठन, अध्यक्षमा डिलाराम खरेल
जापानमा जय नेपाल फाउण्डेसनको च्याप्टर गठन, अध्यक्षमा डिलाराम खरेल

Advertisement