काठमाडौं । काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनको महाधिवेशनको तयारी थालिएको छ । आगामी मे ३ देखी ५ सम्म काठमाडौंमा महाधिवेशन गर्ने घोषणा भएसंगै तयारी तिब्र पारिएको छ । गत वर्ष भएको महाधिवेशन विवादस्पद भएपछि सरकारले गठन गरेको उच्चस्तरीय समितिले महाधिवेशनका लागी चरणवद्ध काम सार्वजानिक गरेको छ । उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेको अध्यक्षतामा आइतबार बसेको उच्चस्तरीय समितिको नवौं बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गरेको थियो । बैठकले सदस्यता दर्ता प्रक्रिया थप व्यवस्थित बनाउनका लागि नयाँ समयसीमा तोकेको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले संघको सदस्य बन्ने मिति थप गरेको छ। उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेको अध्यक्षतामा आइतबार बसेको उच्चस्तरीय समितिको नवौं बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गरेको थियो । अब गैर आवासीय नेपालीहरूले ३१ मार्च २०२५ सम्म सदस्यता दर्ता गर्न सक्नेछन् । https://nrnahlc.com/ मा गएर सदस्यताको लागि आवेदन दिन सकिनेछ। बैठकले यसपटक महाधिवेशनका लागि आइसीसी (इन्टरनेशनल कोर्डिनेशन काउन्सिल) ले लिने सदस्यता दर्ता शुल्क नलिने निर्णय गरेको छ । तर, राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) लाई आफ्नो देशको कानुनी व्यवस्थाअनुसार शुल्क तोक्न सक्ने अधिकार दिइएको छ । त्यसैगरी बैठकले आगामी निर्वाचन प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउने उद्देश्यले प्रमुख निर्वाचन आयुक्त र अन्य निर्वाचन आयुक्तहरूको नियुक्ति गर्ने निर्णय गरेको छ । राष्ट्रिय समन्वय समितिको निर्वाचन १५ अप्रिल २०२५ भित्र सम्पन्न गर्ने समय सिमा पनि तोकिएको छ । तोकिएको समयसीमा भित्र निर्वाचन सम्पन्न गर्न नसके उच्चस्तरीय समितिसँग सम्झौता गरी महाधिवेशनको लागि नयाँ मिति निर्धारण गर्न सक्ने अधिकार पनि दिइएको छ ।
महाधिवेशनलाई भव्य बनाउनका लागि प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूलाई निमन्त्रणा गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । यसै गरी मूल आयोजक समितिको बैठक तुरुन्तै आयोजना गर्ने निर्णय गरिएको पनि जनाइएको छ ।