अमेरिका, १८ फेब्रुअरी। जय नेपाल इन्टरनेशनल फाउन्डेसनले वेबिनार मार्फत ग्लोबल महिला नेटवर्कको घोषणा गर्न लागेको छ ।
नेपाली काँग्रेस, केन्द्रीय सह – महामन्त्री तथा पूर्व मन्त्री महालक्ष्मी उपाध्याय (डिना)को प्रमुख आतिथ्यतामा फाउन्डेसनले घोषणा कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा नेपाली काङ्रेस केन्द्रीय सदस्य एवम संघिय सांसद सरिता प्रसाई बिषेष अतिथि रहनेछिन । त्यस्तै काङ्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा अतिथि रहनेछिन । घोषणा कार्यक्रममा सबैलाई उपस्थित भैदिनुहुनको लागि अध्यक्ष डा. यादव पण्डितले सबैलाई अनुरोध गरेका छन ।
यस अगाडि अमेरिका र अन्य देशमा गरेर फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेका छन भने ग्लोबल नलेज नेटवर्क, ग्लोबल युथ नेटवर्क यस अगावै गठन भैसकेको केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले बताए । काफ्लेका अनुसार मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले यस संस्थाको स्थापना भएको छ। संस्थाको अन्तर्राष्ट्रिय अध्यक्षमा डा. यादव पण्डित रहेका छन् भने नेपालको अध्यक्षमा बद्री अर्याल रहेका छन्।
कार्यक्रममा जोडिनको लागि जुम लिंक
जुम आईडि: ९३८ २५२९ ७१०९
कोड: २०२५
समय:
नेपाली समय: फेब्रुअरी २८, २०२५ साँझ ०८:०० बजे
न्युयोर्क समय: फेब्रुअरी २८, २०२५ बिहान ०९:१५ बजे
टेक्सस समय: फेब्रुअरी २८, २०२५ बिहान ०८:१५ बजे
क्यालिफोर्निया समय: फेब्रुअरी २८, २०२५ बिहान ०६:१५ बजे
बेलायत समय: फेब्रुअरी २८, २०२५ दिउसो ०२:१५ बजे