१३ फागुन चितवन । राष्ट्र गुरु योगी नरहरिनाथको मंगलवार स्मृति दिवस मनाइएको हो । देवघाटधाम स्थित श्री बागीश्वरी आध्यात्मिक परिषद योगि नरहरिनाथ आश्रममा योगी नरहरिनाथको स्मृतिमा बागिश्वरीमा रुद्री , रुद्राभिषेकपाठ र हवन गरिएको छ । सहभागीहरुलाई गुरुभण्डारा वितरण गरिएको थियो ।
रुद्रिपाठ , हवन , गुरु भण्डारा लगाएतको अनुष्ठान गरि मनाइएको छ । आश्रममा रहेकमा समावेशी गुरुकुलका बटुकहरुले हवन गरेका थिए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य विनु रायमाझी पौडेल, पुर्व सांसद शंकरप्रसाद पाण्डे , श्री बागीश्वरी आध्यात्मिक परिषद योगि नरहरिनाथ आश्रमका संरक्षक शान्त प्रसाद पोखरेल , अध्यक्ष शैलेन्द्र पिया , महासचिव अशोक पोखरेल , गुरुकुलका प्राचार्य माधव पौडेल लगाएत परिषद पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।
वि.स १९७१ फागुन १७ गते कालीकोटको नरहरिनाथ ८ लालु भडारीवाडामा बुबा ललितसिंह थापा र आमा गौरादेवीको कोखबाट जन्मिएका बलवीरसिंह थापा योग, ध्यान, त्यागपछि योगी नरहरिनाथ बनेका थिए । योगी क्षिप्रानाथले नै नरहरिनाथलाई बनारस, हरिद्धार, खन्ना हुदै मद्रासको विश्वविद्यालयबाट स्नातक अध्ययन गराएका थिए ।कर्णालीको भाषा, संस्कृत, इतिहाससहित नेपालको इतिहासबारेका अध्येता नरहरिनाथले विश्वका २७ भाषा बोल्न सक्ने विद्धान भएको कर्णाली प्रदेश सभा सदस्य हिक्मतवहादुर विष्टले बताए । उनकाअनुसार योगी नरहरिनाथले ५ सय ७३ पुस्तक लेखेका थिए ।
योगी नरहरिनाथ २०५९ फागुन १३ गते ब्रह्मलीन भएका थिए ।