चितवन । अधिवेशनको उद्घाटन भएको एक महिनापछि चितवन केरा उत्पादक संघको नेतृत्व चयन भएको छ । दुई कार्यकाल अघि अध्यक्ष भएका घननाथ महत्तो फेरी अध्यक्षमा चयन भएका छन् । अध्यक्षमा दाबी गरेका शंकर सुबेदीलाई बरिष्ठ उपाध्यक्षमा र अर्का दाबेदार जनकराज पन्तलाई प्रथम उपाध्यक्षमा राखेर सर्बसहमतिमा महत्तोलाई फेरी नेतृत्वको जिम्मेवारी सुम्पिएको हो । संघको द्वितिय उपाध्यक्षमा बिबेक दाहाल, महासचिवमा टंक प्रसाद लामिछाने, सचिवमा रामचन्द्र दुवाडी र कोषाध्यक्षमा चिरञ्जीवी सापकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बिष्णुप्रसाद भट्टराई , शिवकान्त न्यौपाने , रामबहादुर गुरुङ , श्याम देवकोटा , निर्मल भट्टराई रहेका छन् । अधिबेशनबाट पुण्यप्रसाद देवकोटा संयोजक , गणेश दाहाल र मन्जु दाहाल सदस्य रहेको लेखा समिति गठन गरेको छ।
अधिबेशनले नोदनाथ लामिछानेको सयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । उक्त समितिले सहमतिय पद्दतिका लागि बिष्णुहरी पन्त संयोजक, यज्ञ प्रसाद सुबेदी, रामलाल श्रेष्ठ, अर्जुन पौडेल , इन्द्रप्रसाद सुबेदी सदस्य रहेको समन्वय समिति गठन गरेर सहमतिमा नेतृत्व गर्न म्याण्डेट दिएको थियो ।
गत माघ २५ गते संघिय कृषि मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका थिए ।